Comments Add Comment

टेलिकमले सुरु गर्‍यो फोर जी सेवा, प्रिपेडमा नचल्ने

ntc-4g-lunch

१७ पुस, काठमाडौं । नेपाल टेलिकमले बहुप्रतिक्षित फोर जी इन्टरनेट सेवा आजबाट बिस्तार गरेको छ । तर तत्कालका लागि एनटीसीको पोष्टपेड सेवामा मात्र यो सुविधा प्रयोग गर्न पाइनेछ ।

आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले फोर जी सेवाको सुभारम्भ गरे ।

फोर जी सेवा सुचारु गर्नका लागि जिएसएम पोष्टपेड प्रयोगकर्ताले *४४४# डायल गर्नुपर्नेछ ।

टेलिकमले सुरु गरेको अत्याधुनिक इन्टरनेट सुविधाबाट काठमाडौं उपत्यका र पोखराका ३ लाख ५० हजार पोष्टपेड प्रयोगकर्ता लाभान्वित हुने टेलिकमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment