Comments Add Comment

बीमा समितिको अध्यक्ष को ?

१७ पुस, काठमाडौं । बीमा समितिका अध्यक्षमा नियुक्त भएको भनेर डा. रविन्द्र घिमिरेले  बधाई पाउन थालेको चार दिन बितिसकेको छ । बधाई दिनेहरुलाई उनी पनि धन्यवाद नै दिन्छन तर घिमिरेले न त नियुक्ति पत्र नै पाएका छन् न कुनै आधिकारिक निकायबाट नियुक्त भएको खबर नै ।  यसबारे सरकारी अधिकारीहरु पनि अलमलमै देखिन्छन् । अर्थमन्त्रालय निकट स्रोत भने भोलिसम्ममा यो अन्यौल हट्ने बताउँछ ।

विहीबार भएको निर्णय बारे सरकारका प्रवक्ताले केही बताएनन् । यता, सञ्चारमाध्यमहरुमा भने डा. रविन्द्र घिमिरे नियुक्त भएको खबरहरु मात्र प्रकाशित भएन नवनियुक्त भन्दै उनकै नाममा बीमा क्षेत्र सुधारका रणनीतिहरु सार्वजनिक पनि भए । तर यससम्बन्धमा निर्णय भइनसकेको स्रोतहरु बताउँछन् ।

rabindra-ghimire‘विहीबार भएको बैठकमा यस विषयमा छलफल नै हुन सकेन, आगामी मन्त्रिपरिषदको बैठकले चयन गर्ने छ,’ अर्थमन्त्रीका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले भने । यता, अध्यक्ष नियुक्त भएको भनिएका डा. रविन्द्र घिमिरे पनि आफु यस विषयमा अलमल नै भएको बताउँछन् । ‘मैले पनि मेरो नियुक्ति भइसकेको जानकारी पाएको छैन्, तर म नै अध्यक्ष हुने हो भनेर “वहाहरु”ले भन्नु भएको छ,’ डा. रविन्द्र घिमिरेले अनलाइनखबरलाई बताए । “वहाहरु” भन्नु भएको को हुनुहन्छ भने प्रश्नमा डा. घिमिरेले भने, ‘मन्त्रिपरिषदका व्यक्तिहरु ।’ सरकारका मुख्यसचिव सोमलाल सुवेदी पनि आफु उपत्यका बाहिर रहेको र यस बारेमा आफुलाई कुनै जानकारी नभएको बताउछन् ।

‘नियुक्त गरियो/गरिएन भन्ने विषयमा मलाई केही थाहा छैन्, मेरो डेस्कमा यसको जानकारी आएको छ भन्नेसम्म मात्र सुनेको छु,’ मुखयसचिव सोमलाल सुवेदीले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल यो विषयमा प्रवेश नगरौं भनेपछि यसमा निर्णय हुन नसकेको स्रोतहरु बताउछन् । कतिपय भने डा. घिमिरे नै नियुक्त हुने र विहीवार कै मिति उल्लेख भएर माइनुटमा हस्ताक्षर हुने सम्भावना पनि रहेको बताउँछन् ।

विहीबार निर्णय भएको भए शुक्रबार र शनिबारको बिदापछि आइतबार भएपनि यसबारेमा जानकारी बाहिर आउने थियो । तर कसैले पनि ‘यसै हो’ भन्न सकेका छैनन् । नाममा सहमती नजुटेकै कारण नियुक्ति ढिलाई भएको बुझिएको छ । डा. घिमिरेले द्वन्द्व कालमा जेल जीवन पनि भोगेका र यो क्षेत्रको अनुभव पनि भएका कारण अन्तिम समयमा कुनै ‘गढबडि’ भएन भने उनी नै अध्यक्ष हुने पक्का/पक्की रहेको स्रोतहरु बताउछन् ।

यद्यपी अर्थमन्त्री कुष्णबहादुर महराले मन्त्रिपरिषदमा पेश गरेको तीन नाममध्ये डा. घिमिरेसहित चिरञ्जीवि चापागाईको सम्भावना पनि बलियो रहेको बताइएको छ । अध्यक्षको मुख्य दाबेदारमा घिमिरे र चापागाई रहेका छन् । तर प्रधानमन्त्री दाहालले प्रस्ताव गरिएकाभन्दा फरक व्यक्तिलाई चयन गर्नसक्ने सम्भावना रहेकोले पनि यो ढिलाई भएको केहीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment