Comments Add Comment

एडल्ट फिल्मका लागि फोटोसुट गरेकी थिइन् कंगनाले

kangana-ranaut
३ पटकसम्म ‘राष्ट्रिय पुरस्कार’ जितिसकेकी बलिउड नायिका कंगना रनावतले आफ्नो करिअरको बिषयमा एक सनसनीपूर्ण खुलासा गरिदिएकी छिन् । उनले एक टीभी शोमा स्विकार गरेकी छिन् कि, यदि उनलाई निर्देशक अनुराग बासुको चलचित्र ‘ग्याङस्टार’बाट अफर नआएको भए उनी एडल्ट चलचित्रकि नायिका भैसक्थिन् ।

आफूले १७-१८ बर्षको उमेरमा अफर आएका सबै प्रोजेक्ट स्विकार गरेको कंगनाको भनाई छ । कंगनाले भनिन्-‘मैले एक एडल्ट चलचित्रको लागि फोटोसुट गरेकी थिएँ । जसका लागि मलाई एउटा पहिरन दिइएको थियो । यो एकदमै पारदर्शी थियो र भित्र लगाउनका लागि कुनै पनि कपडा थिएन । यो कतै-कतै अश्लिल चलचित्र जस्तै थियो । मलाई लागिरहेको थियो कि, त्यो चलचित्र मेरा लागि सहि थिएन ।’

‘जब, मलाई ‘ग्याङस्टार’ नामक चलचित्र मिल्यो, यसपछि मैले यो एडल्ट चलचित्र छाडिदिएँ ‘, कंगनाले भनेकी छिन् । कंगनाका अनुसार यो चलचित्र छाडेपछि उनलाई निर्माताले लामो समयसम्म तनाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment