Comments Add Comment

सर्वोच्चको फैसला उल्टियो, ज्ञानेन्द्रकी छोरीको ‘दाइजो’ फेरि राष्ट्रियकरण

प्रेरणाले गुमाइन् एक अर्बभन्दा बढी मूल्य पर्ने जग्गा

prerana-rajya-laxmi-shah

२१ पुस, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो पूर्वनिर्णय उल्टाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीका नाममा रहेकाे छाउनीकाे १५ राेपनी जग्गा सरकारका नाममा ल्याउने निर्णय सुनाएकाे छ ।

‘श्री ५ महाराजधिराज’ को नाममा रहेको छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा ज्ञानेन्द्र शाहले ०६२ मा आफ्नी छोरी प्रेरणालाई दाइजो दिएका थिए । जब कि प्रेरणाको बिहे ०५९ मै भएको थियो ।

दोस्रो जनआन्दोलनपछि पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति खोजविन गर्ने क्रममा नेपाल ट्रष्टको कार्यालयले छाउनीको यो जग्गा सरकारको नाममा गर्ने निर्णय गर्‍यो । त्यसविरुद्ध प्रेरणा सर्वोच्च गइन् ।

र, तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले १ अर्बभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रेरणालाई फिर्ता गर्न आदेश दियो ।

त्यसविरुद्ध सरकारले दर्ता गरेको पुनरावलाेकन मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशद्वय सपना मल्ल प्रधान र दीपक कार्कीको इजलासले पुरानो फैसला बिहीबार उल्टाएको छ ।

सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले अनलाइनखबरसँग भने, ‘पुरानो फैसला उल्टिएको छ । अब त्यो जग्गा सरकारको नाममा भएको छ ।’

तर, फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रकी छोरीको मुद्दा प्रधानन्यायाधीश सुशीलाको बेञ्चमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment