Comments Add Comment

लोकमानको मुद्दामा बहस लम्बियो

lok-man-singh-karki-attacked-on-supreme-court-3

२२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा चलिरहेको बहस लम्बिएको छ ।

शुक्रबार नै बहस सकिने अपेक्षा गरिएको थियो । शुक्रबार न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा चलिरहेको बहस लम्बिएको छ ।

कार्कीका तर्फबाट बहस सकिएको छ । तर, अदालतको मानहानीको मुद्दाका अन्य विपक्षीको तर्फबाट बहस लम्बिएको छ । उनीहरुको बहसपछि रिट निवेदनको तर्फबाट जवाफी बहस हुनेछ ।

यो अर्को साता मात्र हुनेछ ।

कार्की अख्तियारको प्रमुख नियुक्त भएलगत्तै उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको उक्त रिट खारेज भयो ।

तर, अर्यालले दिएको पुनरावेदन निवेदनमा प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलाशले निस्सा हुने फैसला सुनाएपछि यो मुद्दाले सबैको ध्यान तानेको छ । सर्वोच्चमा निस्साको प्रक्रिया चलिरहँदा एमाले र माओवादीका सांसदहरुले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि कार्कीले काम गर्न पाएका छैनन् ।

तर, संविधान संशोधन विधेयकलाई लिएर एमालेसहितका विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका कारण महाअभियोग प्रक्रिया पछिल्लो दिनमा अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment