Comments Add Comment

केयूको उपकुलपतिका लागि पाँच जना सिफारिस

kathmandu-university-ku

२२ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट गर्न गठित समितिले पाँच जनाको नाम सरकारलाई सिफारिस गरेको छ ।

करिब एक महिनादेखि काठमाडौं विश्वविद्यालय उपकुलपति बिहीन छ । छनोट समितिमा बिबाद भएपछि सरकारले प्रा. डा. भोला थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो ।

शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको छनोट समितिले शुक्रबार प्रा. डा. जनार्दन लामिछाने, प्रा. डा. भोला थापा, प्रा. डा. रामकण्ठ माकाजु, प्रा. डा. भद्रमान तुलाधर र मनप्रसाद वाग्लेको नाम सिफारिस गरेको हो । अब सरकारले यी पाँच जनामध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछ ।

थापा हाल काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपति छन् भने रामकण्ठ माकाजु निवर्तमान उपकुलपति हुन् । माकाजुको पदावधि मंसिर २६ गते सकिएपछि काठमाडौं विश्वविद्यालय उपकुलपति विहीन छ ।

यसैगरी लामिछाने वायो टेक्नोलोजी बिभागको प्रमुख तथा नाष्टको प्राज्ञ हुन् । एसियाली राष्ट्रको विकासका लागि भन्दै चीनले ल्याएको ‘वान बेल्ट वान रोड’ रणनीतिमा चीनले विज्ञको रुपमा लामिछानेलाई पनि राखेको छ । यस रणनीतिमा विज्ञको रुपमा चीनले छनोट गरेको उनी एकमात्र नेपाली हुन् ।

७८ वर्षीय भद्रमान तुलाधर पूर्वरजिष्ट्रार हुन् भने शिक्षाविद भनेर चिनिने मनप्रसाद वाग्ले काठमाडौं विश्वविद्यालयका पूर्वडिन हुन् ।
सिफारिसमा परेकाहरुमध्ये बहालवाला लामिछाने र थापा मात्रै छन् ।

यसअघि काठमाडौं विश्वविद्यालयका प्राध्यापक संघले प्रा. डा. जनार्दन लामिछाने, प्रा. डा. भूपेन्द्र विमल क्षेत्री र प्रा. डा. कन्हैया झामध्ये एक जनालाई उपकुलपति बनाउन माग गर्दै शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । तर, शिक्षामन्त्री संयोजकत्वको छनोट समितिले सिफारिस गरेका पाँच जनाको नामावलीमा क्षेत्री र झा परेका छैनन् ।

सरकारले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मंसिर १३ गते उपकुलपति सिफारिस गर्न छनोट समिति गठन गरेको थियो । समितिमा प्रा. सुरेशराज शर्मा र दमननाथ ढुंगाना सदस्य छन् ।

यो पनि पढ्नुहोस्
केयूको उपकुलपति छान्न नसकेको सरकारलाई प्राध्यापकले दिए तीन विकल्प

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment