Comments Add Comment

म्यान्चेस्टर युनाइटेड र आर्सनल एफए कपको चौथो चरणमा

rooney

२४ पुस, काठमाडौं । कप्तान वायने रुनी म्यान्चेस्टर युनाइटेडका लागि अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेको खेलमा म्यान्चेस्टर युनाइटेड रेसिङलाई हराउँदै एफए कपको चौथो चरणमा पुगेको छ ।

खेलको १० मिनेटमा गोल गर्दै रुनीले म्यान्चेस्टर युनाइटेडका लागि २४९औं गोल गरे । जुन क्लवको इतिहासमै एकै खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो । ४४ बर्षीय सर बबी चार्लटोन, आफ्नै कीर्तिमान रुनीले बराबरी गरेको हेरिरहेका थिए ।

एन्थोनी मार्सलले गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई दुई शून्यको अग्रता दिलाए । मार्कोस रासफोर्डले बाँकी दुई गोल गरे ।

यता खेलको अन्तिम मिनेटमा ओलिभर जिरोडले गोल गरेपछि आर्सनलले पनि पि्रस्टोन नर्थलाई २-१ ले हराउँदै एफए कपको चौथो चरणको यात्रा तय गर्‍यो ।

सातौं मिनेटमै रोविन्सनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली पि्रस्टोनले दोस्रो हाफमा पनि त्यही लयलाई कायम राख्न सकेन ।

दोस्रो हाफको सुरुमै एरोन राम्सेले आर्सनलका लागि बराबरी गोल गरे । खेल सकिनु एक मिनेटअघि जिरोर्डले आर्सनललाई महत्वपूर्ण जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment