Comments Add Comment

सफल फिल्म कुर्दै जीवन र नीता, ‘लेक साइड’ले राहत देला ?

jiwan and neeta in lake side

नायक जीवन लुइटेल र नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘लेक साइड’ माघ २८ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गरेका हु्न् ।

नेपालको पर्यटकिय नगरि पोखराको लेकसाइडमा बस्ने एक यूवाको सांगीतिक करिअर र प्रेमको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा दीपक ढकाल, एन्जल ढुंगाना लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा एञ्जल ढुंगानाको लगानी छ । इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।

नीता र जीवन अहिले सफल चलचित्रको पर्खाइमा छन् । के, यी दुइलाई ‘लेक साइड’ले राहत देला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment