Comments Add Comment

सभामुखले बोलाइन् पाँच दलका शीर्ष नेताको बैठक

Onsari-Gharti
२४ पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले प्रमुख पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् ।

६ दिनको स्थगनपछि आज आइतबार बस्न लागेको संसद बैठक अघि सभामुखले शीर्ष बैठक आह्वान गरेकी हुन् । अपरान्ह १ बजे प्रमुख पाँच दल कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक संसद भवनमा बस्दैछ ।

त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको संसद सचिवालयले जजाएको छ ।

परामर्श समितिको अघिल्लो बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्को बैठक अवरोध नहुने भन्दै २४ गतेसम्म समय मागेका थिए । उनकै आग्रहमा घर्तीले पुस २४ गतेसम्म बैठक स्थगन गरेपनि एमालेले संविधान संशोधन विधेयक अघि नबढाउन सरकारलाई आग्रह गरेपछि सदन अवरोध जारी रहने देखिएको छ ।

एमालेले लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव र स्थानीय निर्वाचन सम्बन्धी बिधेयक अघि बढाउन भने संसद खुलाउने जानकारी समेत गराएको छ ।

सरकारले भने एमालेको अवरोधका बीच संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment