Comments Add Comment

भारु साट्न नेपाललाई छलफलमा बोलाउँदै भारत, समय तय हुन बाँकी

ic-varu-indian-currency
२४ पुस, काठमाडौं । नेपालसँग रहेको भारु ५ सय र १ हजारको नोट साट्ने विषयमा छलफल गर्न भारतीय पक्ष सकारात्मक देखिएको छ ।
‘भारतीय पक्षले छलफल गर्न चाहेको भन्ने जानकारी हामीले पाएका छौं, समय भने तय भएको छैन्,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी बिनिमय बिभागका प्रमुख भिष्मराज ढुंगानाले भने । नेपालमा रहेको भारतीय दुतावासले हालै अर्थमन्त्रालयलाई यस्तो जानकारी दिएको हो ।

छलफलको लागि भारत जान यसअघि नै डुपुटी गभर्नर चिन्तामणी शिवाकोटीको संयोजकत्वमा कमिटि गठन भएको थियो । यसअघि पटक/पटक छलफलमा जान नेपाली टोलीले प्रयास गरेपनि भारतबाट निम्तो आएको थिएन । भारतले पनि नेपाल र भुटानसँग यस विषयमा छलफल गर्न समिति बनाइसकेको खबरहरु आएको थियो । अहिले भारतीय पक्षले चासो व्यक्त गरेपनि समय भने दिइसकेको छैन् ।

नेपालले भारु साट्न सकिने सफट्वेयर नै तयार पारिसकेको छ । एक नेपालीले अधिकत्तम २५ हजार भारु साट्न सकिने गरि प्रणाली तयार भएको छ । यसरी नोट साटही सुविधा स्रोत खुलेका भारुमा मात्रै पाइने छ । नेपालको बैंकिङ प्रणालीमा ३ करोड भारु रहेको ढंगानाले बताए । यसमध्ये एनआइसी एसिया बैंकले भने आफ्नै प्रयासबाट करिब ७० लाख भारु साटेको छ । राष्ट्र बैंकमै भने १ करोड बराबरका यी नोट रहेको छ । यता, व्यवसायीहरुले आफुहरुसँग १५ अर्ब बराबर भारु रहेको बताउँदै आएका छन् ।

यसअघि भारतले सन् २००० मा भारुका ५ सय र १ हजार प्रतिबन्ध लगाएको भएपनि २०७१ माघबाट पुनः खुला गरेको थियो । गत मंसिरबाट भारतले कालोधन नियन्त्रणको लागि भन्दै भारु ५ सय र १ हजारमा नोटबन्दी लगाएको हो। तर, यो नोटबन्दी कालोधन नियन्त्रणमा असफल भएको र सर्वसाभारणलाई हैरानी मात्र भएको भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना शुरु भएको छ । भारतमै पुस १५ गतेसम्ममा यी नोट जम्मा गरिसक्नु पर्ने निर्देशन दिइएको थियो । बजारमा १४ लाख करोड भारु ५ सय र १ हजारको नोट सर्कुलेशनमा रहेकोमा अन्तिम दिनसम्ममा करीब ८० प्रतिशत अर्थात् ११ लाख करोड बराबरका नोट जम्मा भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment