Comments Add Comment

बेनिशालाई ५ आरोपः‘ह्यान्डसम केटाको डेटिङ प्रस्ताव तत्काल स्विकार गर्नुहुन्छ रे हो ?’

benisha-hamal-jado-ma-hot-12
चलचित्र ‘किङ’मा नायक निखिल उप्रेतिकी नायिका बनेकि बेनिशा हमाल अहिले सोही चलचित्रको प्रचारमा ब्यस्त छिन् । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकि बेनिशाले चलचित्र ‘कालो पोथी’मा अभिनय गरेर प्रशंसा कमाएकी थिइन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. तपाईका साथी साह्रै थोरै छन् रे हो ? घमण्डी हुनुहुन्छ भन्छन् नि ?
साथी थोरै भएको कुरा साँचो हो । तर, घमण्डी भने होइन । गफ मिल्ने साथीहरु ४÷५ जना मात्रै छन् । अरु साथीहरु हुँदै नभएको भन्ने पनि होइन ।

२. अनावश्यक खर्च गर्नु हुन्छ भन्छन् नि ?
अहिले यस्तो महंगी छ । आवश्यक काममा खर्च गर्दा पनि अनावश्यक काममा खर्च गरे जस्तो हुन्छ । किनकी महंगी चर्को भएको बेलामा सामान्य चीज किन्दा पनि धेरै रकम खर्च हुन्छ । कहिले त बिहानको ब्रेकफाष्टदेखि बेलुकाको डिनर समेत बाहिरै गर्नुपर्ने हुन्छ । त्यस्तो वेलामा खर्च हुन्छ ।

३. खर्च नगरे पनि हुने ठाउँमा पनि गर्नु हुन्छ रे ?
मलाई पनि त्यस्तै लाग्छ । हिसाब गर्दा महिनामा २०÷२५ हजार जति अनावश्यक काममा खर्च हुन्छ । मैले अघि नै भने नि बिहानको खाजादेखि बेलुकाको खानासम्म बाहिरै खाँदा धेरै खर्च हुन्छ । घरमा खाने ब्यबस्था मिलाउन सके त्यति धेरै खर्च हुन्नथ्यो भन्ने पनि लाग्छ ।

४. चलचित्र भन्दा धेरै म्युजिक भिडियोलाई महत्व दिनु भयो भन्ने आरोप छ नि ?
म म्युजिक भिडियोवाटै आएकी हुँ । अहिले पनि भिडियोमा अभिनय गरेकी छु । त्यसकारण पनि त्यस्तो लागेको होला तर, मैले ठूलो पर्दाको चलचित्रलाई पनि महत्व नदिएको हैन । महत्व दिएकी छु ।

५. ह्यान्डसम केटाले डेटिङको प्रस्ताव राखेपछि तुरुन्तै मान्नु हुन्छ रे ?
त्यस्तो त हैन । तर, कहिले साथीहरु मिलेर मुभी हेनर्, कफी खान जाने गरेका छौं । कुनै राम्रो चलचित्र छ भने यो हेरौ है भनेर कसैलाई भनिन्छ । मलाई पनि भन्छन् । यसरि चलचित्र हेर्न जानुलाई नै डेटिङ गएको भन्न नमिल्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment