Comments Add Comment

कार्यव्यवस्थामा एमालेले भन्योः नभए संसद खुल्दैन

२४ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सीमांकन हेरफेरसहितको संविधान संशोधन विधेयक अघि बढ्न नदिने बताएको छ । तर, सत्तापक्षले भने प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् ।

CPN-UML-Flagसभामुख ओनसरी घर्ती मगरले आहृवानमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी एमालेले सरकारले अहिलेसम्म कुनै सम्वाद नगरेको बताएको छ । सर्वोच्चले समेत प्रदेशको सीमांकन हेरफेर असंवैधानिक हुने भनेको दाबी एमालेले यथास्थितिमा संशोधन अघि बढाए संसद बैठक अवरुद्ध गर्ने बताएको छ ।

सीमांकन हेरफेरको प्रस्तावलाई फिर्ता लिए संशोधनका तीन विषय भने अघि बढ्न दिने बताएको छ ।

तर, सत्तारुढ दलहरुले भने विषयबस्तुमा सहमति नभए प्रक्रियामा अघि बढाउनु पर्नेमा जोड दिएका छन् । ‘सभामुखले हिम्मत गरे प्रक्रिया अघि बढ्छ,’ कांग्रेसका एक नेताले भने ।

कार्यव्यवस्था लगतै सभामुखले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment