Comments Add Comment

लोकमानको मुद्दामा बहस सकियो, आज फैसला आउन सक्ने

lok-man-singh-karki-attacked-on-supreme-court
२४ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । र, आजै फैसला आउन सक्नेछ ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासमा आइतबार विपक्षीका साथै रिट निवेदक पक्षको जवाफी बहस पनि सकिएको छ ।

रिट निवेदक ओमप्रकाश अर्यालका अनुसार सर्वोच्चले आजै फैसला सुनाउने सम्भावना पनि छ ।

कार्कीको योग्यताका साथै अदालततको मानहानीको मुद्दालाई एकसाथ राखेर सुनुवाई भएको हो । अख्तियार प्रमुखमा नियुक्तिलाई कार्कीको योग्यता नपुग्ने भन्दै अर्यालले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको थियो । तर, त्यसविरुद्ध प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले निसा हुने आदेश दिएपछि सबैको ध्यान तानेको छ ।

उक्त आदेशको म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीविरुद्ध मानहानीको मुद्दा पनि गरेको छ ।

त्यही क्रममा एमाले र माओवादीका सांसदहरुले कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्, जसका कारण उनले काम गर्न पाएका छैनन् । लगातार संसद अवरुद्ध भएका कारण महाअभियोगको प्रक्रिया अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment