Comments Add Comment

फिफा उत्कृष्ट खेलाडीले पाउने ट्रफी यस्तो छ

the-best-trophyफ्रान्स फुटबलसँग छुटि्टएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ ।

यो सुन्दर ट्रफीको पहिलो बिजेता क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र एन्टोइन गि्रजम्यानमध्ये एक हुनेछन् । अवार्डको घोषणा आगामी जनवरी ९ मा स्वीट्जरल्याण्डको जुरिचमा गरिनेछ ।

क्रोएशियाली डिजाइनर आना बार्बिक काटिकिक्ले यो ट्रफी डिनाइन गरेकी हुन् भने उनले यस्तै डिनाइन छान्नुको कारण पनि प्रष्टसँग खुलाएकी छन् ।

‘यो डिजाइन फिफाले संसारकै उत्कृष्ट खेलाडीलाई सम्मानित गर्नका लागि तयार पारिएको हो ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment