Comments Add Comment

विपक्षीको होहल्लाका बीच संविधान संशोधन विधेयक संसदमा पेश

prachand-in-parliament-meeting

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ ।

सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।

संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे । तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन् ।

[sam_list] विपक्षी दलका नेताहरु उभिइरहेका बेला संविधान संशोधन प्रस्तावमा विरोधको सूचना दर्ता गर्ने नेमकिपाका प्रेम सुवाललाई सभामुखले बोल्न दिइन् । उनले बोल्न त बोले तर उनले यो प्रस्ताव नै फिर्ता लिइनुपर्ने जिकिर गरे ।

त्यसपछि विरोधको सूचना दर्ता गर्ने राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीलाई सभामुखले बोल्न आग्रह गरिन् । केसी नबोलिकन उभिइरहे । विपक्षी दलका नेताहरु उभिएर होहल्ला गरिरहेका थिए ।

प्रेम सुवालले माइक्रोफोन समातेर नारा लगाउन थाले । संसदभित्र व्यापक होहल्ला मच्चियो । तर, यही होहल्लाका वीचबाट कानूनमन्त्रीले संविधान संशोधन प्रस्ताव पेश गरी छाडे ।

संविधान संशोधन प्रस्ताव पेश भइसकेपछि सभामुख घर्तीले सोमबार दिउासो १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment