Comments Add Comment

फिफा उत्कृष्ट फुटबलर अवार्डमा रोनाल्डो प्रमुख दाबेदार

ronaldo-smiling

२५ पुस, काठमाडौं । उत्कृष्ट फिफा फुटबल अवार्ड समारोह आज जुरिचमा हुँदैछ र, विश्वको उत्कृष्ट फुटबलरका लागि क्रिष्टियानो रोनाल्डोलाई प्रमुख दावेदार मानिएको छ ।

रियल मडि्रडका रोनाल्डोले हालै मात्र चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीलाई पछि पार्दै बालोन अडि’ओर अवार्ड जितेका थिए । फिफाले फ्रान्स फुटबल म्यागाजिनसँगको ६ वर्षे सहकार्य तोडेको छ र, उत्कृष्ट फुटबलरका लागि रोनाल्डोसँगै मेस्सी र एन्टोनी गि्रजम्यान मनोनयनमा परेका छन् ।

फिफाले सोमबार नै उत्कृष्ट महिला फुटबलरका साथै उत्कृष्ट प्रशिक्षक पनि घोषणा गर्दैछ ।

उत्कृष्ट छनौटका लागि फिफामा आवद्ध देशका कप्तान र प्रशिक्षकका साथै फुटबल पत्रकारका साथै पहिलो पटक अनलाइन भोटिङको व्यवस्था गरिएको छ । हरेक विधाको मत २५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment