Comments Add Comment

‘ग्याङस्टर ब्लूज’को अडिसन मै यस्तो क्रेज

ganstar-bluz-5
हेमराज वीसीले निर्देशन गर्न लागेको चलचित्र ‘ग्याङस्टार ब्लूज’मा अभिनय गर्नका लागि यूवायूवतीमा राम्रो क्रेज देखिएको छ । यसको निर्माणपक्षले आह्वान गरेको अडिसनमा देखिएको यूवायूवतीको उपस्थितीले पनि अभिनयप्रति अहिलेको जेनेरेशनको मोह झल्किएको हो ।

चलचित्रको लागि आवश्यक केहि कलाकारका लागि काठमाण्डौको मण्डला थिएटरमा आज अडिसनको आयोजना गरिएको थियो । अडिसन दिनका लागि यूवायूवतीहरुको ठूलो संख्या मण्डलामा देखियो । ganstar-bluz-2 ganstar-bluz-3 ganstar-bluz-4

घन्टौ पालो पर्खेर उनीहरुले अडिसन दिए । चलचित्रका निर्माता सरोज न्यौपाने अडिसनमा देखिएको क्रेजले दंग देखिए । निर्देशक हेमराज वीसी भने अडिसनमा व्यस्त देखिए । उनले, अडिसन दिन आउने सबैलाई पछि खबर गर्छौ भनिरहेका थिए ।

अडिसनमा पुग्ने सबैलाई एउटै संवाद दिइएको थियो । चलचित्रको मुख्य कलाकारमा आशिरमान देसराज, आना शर्मा, संयम पुरी, रोजिसा शाही छन् । अडिसनबाट छानिएका केहि कलाकारले चलचित्रमा अभिनय गर्ने मौका पाउनेछन् । ganstar-bluz-1

‘ग्याङस्टार ब्लूज’का कलाकारसग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment