Comments Add Comment

महिन्द्राको इलेक्ट्रिक ‘इटुओ-स्पोर्टस्’को नेपालमा बिक्री सुरु, यस्ता छन् विशेषता

mahindra-e20-launching-8
२६ पुस, काठमाडौं । भारतीय मोटर उत्पादक कम्पनी महिन्द्राको विद्युतीय कार ‘इटुओ-स्पोर्टस्’ नेपाली बजारमा भित्रिएको छ ।  काठमाडौंमा लोडसेडिङ हट्नासाथ महिन्द्राले इलेक्ट्रिक इटुओ-स्पोर्टसलाई बजारमा ल्याएको छ, जसले कम खर्च गरेर पनि स्मार्ट विद्युतीय कार चढ्ने चाहाना राख्नेलाई गज्जवको विकल्प दिएको छ ।

‘महिन्द्रा  इटुओ’ को अपग्रेडेड भर्सनका रुपमा आएको इटुओ-स्पोर्टस् निकै आकर्षक, सुविधाजनक र उपयोगी रहेको कम्पनीले दावी गरेको छ ।

गाडी सार्वजनिक गर्दै महिन्द्रा इलेक्टि्रकका सिइओ महेश बाबुले भने ,’यो आरामदायी, सुरक्षित, सजिलो र छरितो तथा वातावरणमैत्री सवारी हो ।’ उनले छिटै इलेक्ट्रिक गाडीले अन्य फ्युलबाट चल्ने गाडीलाई उछिन्ने विश्वास पनि ब्यक्त गरे ।
mahindra-e20-launching-4
सानो आकारका ‘स्मार्ट कार’ का प्रयोगकर्ता यसमा जडित प्रविधि र सुबिधाबाट निकै सन्तुष्ट हुने दावी महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले गरेको छ ।

के छन् सुविधा ?

इटुओभन्दा पनि आकर्षक स्वरुप र सुविधामा नयाँ कारलाई प्रस्तुत गरिएकालेजो-कसैको रोजाईमा इटुओ-स्पोर्टस् पर्ने विश्वास कम्पनीले गरेको छ । यसमा अत्याधुनिक सुविधा उपलब्ध छन् र अन्य कारभन्दा सुरक्षित पनि छ । यसका लागि डुवल एयरब्याग र एबिएस सिस्टम जडान गरिएको छ ।

mahindra-e20-launching-7
इटुओ-स्पोर्टस् डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट छ । ड्यासबोर्डमा एन्ड्रोइड भर्सनको टच स्क्रिनयुक्त इन्फोटेन्मेन्ट डिस्प्ले छ ।

यसमा फष्ट चार्जिङ तथा रियर वाइपरको सुविधा पनि छ । लेदर सिट रहेको इटुओ-स्पोर्ट्समा प्रिमियर स्टाइलिङ, स्टेरियङ माउन्टेड अडियो कन्ट्रोल यसको अर्को विषेशता हो ।

क्षमता र मूल्य

महिन्द्रा इटुओ-स्पोर्ट्स ८ घण्टा चार्ज गरेपछि १२६ किलोमिटर दौडिन्छ । यसको ब्याट्री र इञ्जिन निकै पावरफूल छ । यो अधिकतम् १ सय किलोमिटर प्रतिघण्टा दरले गुड्न सक्छ । यसअघि इटुअोले अधिकतम् ८० किलोमिटर प्रतिघण्टाको गति दिन्थ्यो ।

mahindra-e20-launching-3
इटुओ-स्पोर्टसको मूल्य नेपाली बजारमा २६ लाख रुपैयाँ तय भएको छ । सरकारले यस वर्षदेखि विद्युतीय पारवाहनको भन्सार दरमा कटौति गरेपछि इटुओ-स्पोर्टस् निकै सुलभ मूल्यमा किन्न सकिने भएको हो । सरकारले चालु आथिर्क वर्षको बजेट भाषणमार्फत नै इलेक्टि्रक गाडीलाई भन्सारमा केही छुट दिने घोषणा गरेको थियो ।

नेपाल सरकारले विद्युतीय कारलाई प्रर्बद्धन गर्ने नीति लिएका कारण यो कार चढ्ने ग्राहकले रोड ट्याक्स समेत तिर्नु पर्दैन । अन्य कर पनि पेट्रोल वा डिजेल इन्जिनयुक्त गाडीले भन्दा आधा तिरे पुग्छ ।

कारमा चार जनाले यात्रा गर्न सक्छन् । विद्युतबाट चल्ने हुँदा महिन्द्रा  इटुओ-स्पोर्टसमा भाइब्रेसन र आवाज आउँदैन । यसमा एसी सुविधा पनि छ ।

न्युन अपरेशन कष्ट

यिनै विशेषताका कारण यसले विलासी यात्राको अनुभुती दिलाउँछ । युरेपियनको टेक्नोलोजी प्रयोग गरिएको यो कार भारतको बैंंलोर प्लान्टमा निर्माण भएको हो ।

यसमा ३ वर्ष/६० हजार  किलोमिटर बराबरको वारेन्टी  दिइएको छ ।

mahindra-e20-launching-6
यसको सञ्चालन खर्च पनि अत्यन्तै कम रहेको दावी कम्पनीको छ । तेलबाट चल्ने कारजस्तै यसलाई तालिकाअनुसार सर्भिसिङ गरिरहनु पर्दैन ।

सबैभन्दा रोचक पक्ष यो गाडी हत्तपत्त बिग्रिँदैन । त्यसैले सामान्य आम्दानी भएका मध्यम वर्गीय परिवारलाई पनि यो गाडी उपयुक्त रहेको छ ।

अपरेेशन कष्ट निकै न्यून रहेको हुँदा मध्यमवर्गीय परिवारलाई उपयुक्त देखिएको कम्पनीको भनाइ छ । नयाँ अत्याधुनिक प्रविधि जडान गरिएको हुँदा युवाहरु पनि यो कारप्रति लोभिने देखिन्छ ।

व्यस्त सडक सुहाउँदो यो विद्युतीय कार प्रयोगकर्तालाई इन्धनको लामो लाइनमा बस्नु पर्दैन । न त पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झन्झट नै हुन्छ । त्यसैले नयाँ कार झनै लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment