Comments Add Comment

सगुनमा ५० करोडभन्दा बढी लगानीको प्रतिवद्धता

sagon-logo
२६ पुष, वासिङ्टन डीसी। अमेरिकामा उदियमान कम्पनीका रुपमा सुरु भएको सामाजिक कमर्स सगुनले मिनी आइपीओ खुल्ला हुनु अगाडी ५० करोडभन्दा बढी लगानीको आशय प्राप्त गरेको छ। सगुनले मिनी आइपिओमा २ करोड डलर अर्थात २ अर्व भन्दा बढी लगानीको रुपमा जुटाउने तयारी गरेको छ।

सगुनले मिनी आइपिओ खुल्ला गर्नु अगाडि सम्भावित लगानीकर्ताहरुबाट आशय आह्वान गरेको थियो। सगुन यतिखेर रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत मिनी आइपीओको लागि अन्तिम स्वीकृतीको पर्खाइमा छ । यो आवेदन स्वीकृत भएर आएपछि सगुनको प्रयोगकर्ता तथा समर्थक रहेका ठूलो संख्याका सम्भावित लगानीकर्ताले लगानी गर्ने अवसर प्राप्त गर्नेछन्।

एस्‌ईसीबाट लगानी प्रस्ताव स्वीकृत भएपछि कम्पनीले ८ लाख ६९ हजार ५ सय ६४ कित्ता ग श्रेणीको सामान्य सेयरलाई २३ डलर प्रति कित्तामा बेच्न सक्नेछ।

यसमा लगानी गर्नको लागि न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ । जसको कुल मूल्य २९९ डलर हुन्छ। त्यसभन्दा बढी खरिद गर्न चाहनेले भने माग गरेजति प्राप्त गर्न सक्नेछन्। सेयर बिक्रीमा सहयोग गर्ने कम्पनीले अधिकतम् शेयरहरु बिक्री गर्न प्रयास गर्नेछ ।

विश्वभरका सर्वसाधारणले सेयर खरीद अनलाइबाट गर्न सक्नेछन्। सगुनको वेबसाइट www.sagoon.com/invest मा गएर सगुनको शेयर खरिद गर्न सक्नेछन्। अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन (एस्‌ईसी) मा रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत  यो अइपीअ खुल्न लागेको हो ।

सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘मेरो समुदायका नागरिकहरु, हाम्रा समर्थक तथा शुभेच्छुकहरु जसले हाम्रो सपनामा विश्वास गर्नुभयो म उहाँहरुलाई यो अवसर दिन चाहन्थें। संसारमा केही परिवर्तन ल्याउने हाम्रो अभियानलाई सहयोग गर्नुका साथै सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहोस्।’

उनले थपे, ‘अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम हामीले समाजका विभिन्न पक्षहरुमा सकारात्मक प्रभाव पार्न सक्ने भएका छौं।’

कम्पनीका कानुनी सल्लाहकार, केएचकेएलके एलएलपीकी सारा ह्याङ्क्सले रेगुलेशन ए प्लस सम्बन्धी विषयमा कानुनी परामर्श दिने तथा एस्‌ईसीमा सेयर निश्कासनको बारेमा सम्बन्धित १-ए फारम भर्नमा सगुनलाई परामर्श दिइरहेकी छिन्।

सारा एस्‌ईसीको साना तथा उदीयमान कम्पनीहरुको सल्लाहकार समितिको सह अध्यक्ष छिन्। उनी विगतमा एसईसीको वकिल तथा अमेरिकी संसदको टीएआरपी विषयक अनुगमन समितिको सल्लाहकार थिइन। सारा ह्याङ्क्स क्राउडफन्डिङ लगानी प्लेटफर्मलाई सेवा प्रदान गर्ने वासिङ्टनमा कार्यालय भएको क्राउडचेकको प्रमुख कार्यकारी निर्देशक पनि हुन्।

क्राउडचेकले सम्बन्धित सेवा प्रदायकहरुले नियम पालना गरेका छन् कि छैनन् भनी जाँच पड्ताल गर्ने गर्दछ।

‘सामाजिक सञ्जाल कम्पनीमध्ये आर्थिक लाभ दिनेमा हामी पहिला हौं भन्ने हाम्रो विश्वास हो। हालको सामाजिक सञ्जालको अवस्थामा अस्तित्वको लागि आर्थिक लाभ दिने सबभन्दा ठूलो चुनौती रहेको छ।

कनेक्ट, शेयर, अर्नको नवीन सामाजिक बाटोमार्फत जीवन लाभदायी बनाउने हाम्रो उद्देश्य रहेको छ। हाम्रो उद्देश्यमा विश्वास गर्ने जोसुकैलाई पनि यो उत्कृष्ट अवसर हो भन्ने लाग्दछ। कानुनी रुपमा लगानी गर्न बाधा नभएका संसारभरका देशहरुबाट सगुनले लगानी स्वीकार गर्नेछ।

हाल भने सगुनका सम्भावित लगानीकर्ताबाट लगानीको आशय लिइरहेको छ। एस्ईसीले हाम्रो प्रस्तावलाई स्वीकृत गरेपछि त्यस आशयलाई लगानीमा परिवर्तन गर्ने अवसर प्राप्त हुनेछ’, गिरीले भने।

यस अवसरको बारेमा थप जानकारी पाउनको लागि https://www.sagoon.com/invest गएर इच्छा अनुसारको आशय व्यक्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment