Comments Add Comment

शाहरुखसँग भिड्दै ऋतिक

shah-rukh-khan-hrithikमुम्बई । सलमान खानको सुल्तानसँग भिड्ने भनेको शाहरुख खान अभिनित चलचित्र ‘रइस’ ऋतिक रोशनको काबिलसँग प्रतिस्पर्धा गर्ने भएको छ । २५ जनावरीमा दुई फिल्मविच प्रतिस्पर्धा हुने भएपछि निर्माता राकेश रोशन तनाबमा छन् । उनले फिल्म भिडाउने शैली गलत भन्दै कारोबारमा समेत असर पर्ने बताएका छन् ।

अभिनेता ऋतिक रोशनले शाहरुखको फिल्मसँग आफ्नो प्रतिस्पर्धा टार्न नसकिने भन्दै फिल्म भिडे पनि आफ्नो सम्बन्ध मजबुत हुने बताए । ‘फिल्मविच प्रतिस्पर्धा होला तर, हाम्रो सम्बन्धमा कुनै असर पर्दैन’ ऋतिकले भनेका छन् ।

निर्माता राकेश रोशनले भने ३०० करोडको बक्स अफिस भएको भन्दै फिल्म जुधाउदा दुबै निर्मातालाई घाटा हुने बताएका छन् । ‘मैले शाहरुखलाई निकै सम्झाए । मेरो अगाडि त जि हाँ भन्थे तर, एक्कासी फिल्म रिलिज घोषणा गरेको थाह पाएँ’ राकेश रोशनले भने ।

सञ्जय गुप्ताको निर्देशनमा बनेको काबिलमा ऋतिकले आँखा नदेख्ने ब्यक्तिको भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment