Comments Add Comment

क्यालेन्डरमा दीसाको टपलेस फोटोसुट

disha-patani
गतबर्ष रिलिज भएको चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’बाट दर्शकमाझ चिनिएकी मोडल हुन् दीसा पटानी । दीसाको परिचय यतिमा मात्र सिमित छैन । बलिउडमा प्रवेश गर्नु अगाडि नै उनको नाम, नायक टाइगर श्राफसँग जोडिएकाले चर्चित बनेको थियो । दीसा टाइगरकि प्रेमिका हुन् भन्ने गसिप मिडियामा लामो समयदेखि चल्दै आएको छ । तर, दीसा र टाइगरले प्रेम स्विकार भने गरेका छ्रैनन् ।

उनी, दीसा बलिउडका चर्चित फोटोग्राफर डब्बु रतानीको बाषिर्क क्यालेन्डरमा अटाएकी छिन् । साहरुख खान, अमिताभ बच्चन जस्ता स्टारहरु अटाउने यो क्यालेन्डरमा दीसा पनि समावेश छिन् । सन् २०१७ को क्यालेन्डर आज रिलिज हुँदैछ ।

तर, दीसाको तस्बिरले भने चर्चा पाउन थालिसकेको छ । यो क्यालेन्डरमा दीसा टपलेस फोटोमा छिन् । दीसाको यो तस्बिर निकै हट लाग्छ । आफ्नो सेक्सी फिगरका कारण बलिउडमा झनै चर्चित बनेकी दीसाले क्यालेन्डरमा टपलेस फोटो खिचाएर आगो बालेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment