Comments Add Comment

५ नम्बर प्रदेशको आन्दोलन सडकबाट सदनमा केन्द्रित हुने

कांग्रेस सांसदले भने-जनताको आदेशभन्दा ठूलो पार्टीको हृवीप हुँदैन

uml-kapilbastu

२७ पुस, कपिलवस्तु । एमालेको नेतृत्वमा ५ नम्बर प्रदेश विभाजन विरुद्ध भइरहेको आन्दोलनलाई संसदमा केन्द्रित गरिने नेताहरुले बताएका छन् । बुधवार ५ नम्बर प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको प्रदर्शन र सभापछि आन्दोलनलाई सडकबाट सदनमा केन्द्रित गर्ने जानकारी दिइएको हो ।

कपिलवस्तुको मधेसी बाहुल्य सदरमुकाम तौलिहवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता रघुवीर महासेठले सडकमा शक्ति सन्चय गर्ने र सदनबाट मधेसी तथा पहाडी जनतालाई अलग गर्न खोज्ने विधेयक फेल गराउने योजना सुनाए ।

लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष समेत रहेका महासेठले अहिलेको संविधान संशोधन मधेसी जनताको माग नभएको र बाहृय इशारामा बिधेयक ल्याइएको आरोप लगाए । कपिलवस्तुका एमाले सांसद सिराज फारुकी र जिल्ला इन्चार्ज खिमलाल भट्टराईले संसदमा कमजोर भए सडकबाट सशक्त दबाव दिइने बताए ।

सभालाई कांग्रेस, राप्रपा लगायतका दलका नेताले पनि सम्बोधन गर्दै ५ नम्बर प्रदेश विभाजन विरुद्ध आन्दोलन निरन्तर रहने बताए । मधेसी मोर्चाले सभा विथोल्ने चेतावनी दिए पनि ठूलो भिडका कारण मोर्चा कार्यकर्ता सदरमुकाममा निस्किएनन् ।

बुधबारै बुटवलमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदर्शन र जनसभा भएको छ । गुरुङले आदिवासी जनजातिका नाममा केही व्यक्तिलाई उचाले पनि ५ नम्बर प्रदेशका मगर जनताले छुटि्टन नचाहेको सन्देश आन्दोलन मार्फत दिइसकेको बताए ।

पाल्पाको तानसेनमा एमाले नेता शंकर पोखरेलको उपस्थितिमा ठूलो प्रदर्शन र जनसभा भएको छ । सो सभालाई पोखरेल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले सम्बोधन गरेका थिए ।

त्यस्तै बर्दियामा एमाले नेता ठाकुर गैरको उपस्थितिमा प्रदर्शन भएको छ भने रोल्पामा कांग्रेस नेता चन्द्र भण्डारी र अमरसिंह पुनको अगुवाईमा प्रदेश विभाजन विरुद्ध प्रदर्शन भएको छ ।

सभालाई सम्बोधन गर्दै संसदमा मतदानबाट ५ नम्बर प्रदेश विभाजनको अवस्था आएमा आफूले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने बताए । उनले जनता भन्दा ठूलो पार्टी होइन भन्दै जनताको आदेश पालना गर्न पार्टीको हृवीप समेत उल्लंघन गर्न आफूहरु तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment