Comments Add Comment

खतराको घन्टी नदेखे देश कसरी जोगिएला: माधव नेपाल

madhav-kumar-nepal

२७ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देशको संकटपूर्ण अवस्थामा पृथ्वीनारायण शाहको एकताको मर्म अझ सान्दर्भिक भएको बताएका छन् । देशको एकीकरण गर्न उनले खेलेको भूमिका बिर्सेर नकारात्मक पात्रको रुपमा उभ्याउनु अनुचित भएको पनि नेपालले बताए ।

पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको विशेष प्रवचन कार्यक्रममा नेता नेपालले साना-साना कुरामा बग्रेल्ती बिदा हुने देशमा एकीकरण गर्नेर् व्यक्तित्वको सन्दर्भमा राज्यले बिदा नदिनु संकीर्णता भएको टिप्पणी गरे ।

भौगोलिक सीमाना, जनसंख्या, सैन्य शक्ति लगायत सबै हिसाबले नेपाल सानै भएकाले नेपालको बलियो पक्ष देशभक्तिको भावनालाई बचाइराख्नु चुनौतीपूर्ण भएको उनले बताए । पछिल्लो समय जातीय र क्षेत्रीय भावना फैलिएको भन्दै उनले यसलाई ठीक ढंगले डिल गर्न सकिएन भने यो आगोले स्वाहा पार्ने बताए ।

छिमेकी मुलुकले स्वार्थ राखिरहँदा त्यो खतराको घन्टी बुझेर पाइला चाल्नुपर्नेमा उनले जोड दिए । ‘यस्तो अवस्थामा एकताबद्ध भएर अघि बढेनौं भने पुर्खाहरुले दिएको नासो नेपाललाई जोगाउन कसरी सक्छौ ?’, उनले प्रतिप्रश्न गरे ।

संवेदनशील भएर सबै जातिबीचको एकतालाई प्रवर्द्धन गर्न समेत उनले आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment