२७ पुस, काठमाडौं । धितोपत्र बोर्डले तत्काल आस्वा सेवा (लगानीकर्ताले सेयरमा आवेदन दिदा बैंकमा रहेको खातामा नै रकम रोक्का रहने सेवा) ऐच्छिक हुने पुनः स्पष्ट पारेको छ ।
धितोपत्र बोर्डले फागुनदेखि ‘ग’ वर्गमा रहेका वित्त कम्पनीहरुले पनि यो सेवा दिन पाउँने व्यवस्था गर्ने उल्लेख गरेको छ । हाल भने वाणिज्य बैंक र बिकास बैंकले मात्र यस्तो सेवा दिदै आएका छन् ।