Comments Add Comment

बीमा समितिका अध्यक्षको क्षेत्र सुधारका ५ तत्कालिन प्राथमिकता

img_6327

२७ पुस, काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा क्षेत्र सुधारका योजना प्रस्तुत गरेका छन् । सरोकारवालाहरुसँगको परिचयात्मक कार्यक्रममा उनले आफ्नो योजना सुनाएका हुन् ।

उनले बीमा क्षेत्रमा सर्वसाधारणको पहुँच वृद्धि गर्ने, सर्वसाधारणको यो क्षेत्र प्रति विश्वास जगाउने कार्यक्रम गर्ने, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । त्यस्तै, बीमा कम्पनीहरुमा संस्थागत सुशासन कायम गर्ने र बीमा क्षेत्रको कानुनी पक्ष दरिलो पार्ने योजना पनि पेश गरेका हुन् ।

‘मैले केही समय अध्ययन गर्दा, बुझ्दा बीमा समिति खासै सशक्त पाइन, यो मेरो लागि चुनौती हुनेछ,’ अध्यक्ष चापागाईले भने । उनले समितिका कर्मचारीहरुमा दक्षता अभाव भएकोले पनि यस्तो भएको हुनसक्ने भन्दै क्षमता वृद्धि गर्ने कार्यक्रम अगाडी बढाउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment