Comments Add Comment

सुन तस्करीलाई बहसको विषय नबनाउन गृहमन्त्रीको आग्रह, गोप्य अनुसन्धान गर्ने दाबी

Bimalendra-Nidhi
२७ पुस, काठमाडौं । गृह मन्त्रालयले गोप्य ढंगले अनुसन्धान प्रक्रिया अघि नबढाए सुन तस्करहरु उम्कने सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराएको छ ।

उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले छलफल धेरै गरेर सुन तस्करीको अनुसन्धान प्रक्रियालाई कमजोर बनाउन नहुनेमा सबैको ध्यानाकर्षण गराएका हुन् । व्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिको बुधबारको बैठकमा गृहमन्त्री निधिले सुन तस्करीको विषयलाई व्यापक बहसको विषय नबनाई दिन समितिका सदस्यहरुलाई गरे ।

गृहमन्त्री निधिले सुन तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो आफै सक्षम रहेको बताए । सुन बरामद गर्न सफल भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो अपराधमा संलग्नहरुलाई कार्वाही गर्न पनि समक्ष हुने उनको विश्वास थियो ।

छानबिन समिति गठन गर्दा अपराधीलाई नियन्त्रणमा लिन भन्दा पनि प्रचार गर्न मात्रै सहज हुने विगतको अनुभवले पुष्टि गरेको उनले सुनाए ।

बैठकमा गृह मन्त्रालय अन्तरगतका सुरक्षा निकायका प्रमुखहरुले सुन तस्करीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कार्वाही गर्न आफूहरु सक्षम रहेको बताएका थिए । उनीहरुले सुन तस्करीमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी रहेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment