Comments Add Comment

अनौठो जिमखाना, जहाँ सुन्दर युवतीहरुसँग कुस्ती खेल्नुपर्छ

bichitra-kustiबेलायतमा एउटा जिमखाना यस्तो पनि छ, जुन दुनियाँका अरु सबै जिमखाना भन्दा फरक छ । उक्त जिमखानामा व्यायाम गर्न जाने पुरुषहरु त्यहाँ रहेका पेशेवर कुस्तीवाज युवतीहरुसँग कुस्ती खेल्नुपर्दछ । अचम्मको कुरा त के भने युवतीहरुसँग कुस्ती खेल्नका लागि पुरुषहरुले भटाभट रकम खर्चिरहेका छन् ।

 

जिमखाना धाउने पुरुषहरु युवतीहरु सँग कुस्ती खेल्न पाउँदा मख्ख पर्छन् । कुस्तीमा जित्ने उनीहरुको मनसाय हुँदैन, हारे पनि फरक पर्दैन । मात्र कुस्तीवाज महिलाहरुको जिउले थिचिनुनै उनीहरुको लागि सबैभन्दा ठूलो व्यायाम बन्दछ । त्यसैले कतिपय पुरुष ग्राहकहरु युवतीहरुसँग कुस्ती खेल्न र युवतीहरुको लछारपछार सहन मात्रै पनि त्यहाँ पुग्दछन् ।

जिमखाना जाउने पुरुषहरु कुस्तीका लागि मनपर्ने युवती छान्न पाउँछन् । साथै कुस्ती खेल्ने युवतीको कपडा छनोट गर्ने अधिकार पनि ग्राहककै हुन्छ । युवतीले छोटो कपडा लगाउनुपर्ने माग राख्न पनि पाउँछन् । बिकिनी लगाउनुपर्ने माग पनि गर्दछन् ।

उक्त जिमखानाका मालिक पिप्पा आफैं पनि पेशेवर कुस्तीवाज हुन् । आफ्नो फरक शैलीको व्यायामशाला व्यवसायप्रति उनी गम्भीर छन् र अझै अघि बढाउने सोँचमा छन् । हरेक हप्ता आफ्नो जिमखानामा १५/२० जना जति ग्राहक आउने उनी बताउँछन् । एकचोटी उक्त जिमखानामा गएर युवतीहरुसँग कुस्ती खेल्नका लागि डेढसय पाउण्ड अर्थात् झण्डै २० हजार रुपैयाँ तिनुपर्दछ ।

उक्त जिमखानामा १९ देखि ७० वर्षसम्मका ग्राहक आउने गरेका मालिक पिप्पा बताउँछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment