Comments Add Comment

चीनमा बन्यो ठ्याक्कै मानिसजस्तो रोबोट

robortजिया जिया नामको यो रोबोटले केवल अनुहारको हाउभाउ बदल्नेमात्र होइन आम रुपमा मानिसले जस्तै कुराकानी समेत गर्न सक्दछ । चीनमा बनेको पहिलो मानव जस्तै रोबोटलाई युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनका इन्जिनियरहरुले तयार पारेका हुन् ।

 

सांघाइतको फ्युचरिस्टिक फाइनान्सियल सेन्टरमा आयोजित सम्मेलनमा टोली नेता चेन शाओपिंगले एक बाबुले सन्तानको परिचय दिएजस्तै गर्वसाथ उक्त रोबोट सार्वजनिक गरिरहेका थिए ।

आउँदो एक दशकमा जिया जिया जस्तै रोबोटहरुले चीनका रेष्टुरेन्ट, नर्सिंग होम, अस्पताल तथा घरहरुका कार्यमा सघाउनेछन् । ५-१० वर्ष भित्रमा रोबोटको माग निकै बढ्ने दाबी उनको छ ।

परम्परागत चिनिया पहिरनमा सजिएको महिला स्वरुपको जिया जिया रोबोट ठ्याक्कै चिनिया महिलाजस्तै देखिन्छ । आफ्नो टीमले पछिल्ला २ वर्षमा यस्तो रोबोटको क्षेत्रमा उत्कृष्ट काम गरेको चेनले बताए ।

जिया जियाले दिनभरको मौसमका बारेमा तथा लैंगिक विषयमा सोँचविचार गरी जवाफ दिन सक्दछ । प्रदर्शनीमा आफूनजिक आएको एक युवातर्फ इंगित गर्दै जिया जियाले भन्यो, तिमी निकै सुन्दर छौँ । जब उक्त रोबोटलाई सोधियोः के तिम्रो केटा साथी छ ? तब जिया जियाले जवाफ दियो ः म सिंगल रहन मन पराउँछु ।
सम्मेलनमा जिया जिया यति सुन्दर देखिएको थियो कि मानिसहरुको नजर उसैमाथि अडेको थियो । जिया जियाले त्यहाँ उपस्थित मानिसहरुसँग
हाउभाउका साथ सम्वाद पनि गर्यो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment