Comments Add Comment

पक्राउ परे ‘खुंखार’ लुटेरा, जसले ६ पटक पक्राउ पर्दा पनि छाडेनन् धन्दा

२७ पुस, काठमाडौं । श्रृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रामेछाप दोरोम्बा घर भई काठमाडौं दक्षिणढोका बस्दै आएका सागर भन्ने टिका थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

tika-thapa-magar-sagar-robberमहानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सवेन्द्र खनालले टिका काठमाडौं उपत्यकाका साथै काभ्रेको बनेपामा भएको चोरीमा समेत संलग्न भएको देखिएको बताए । अपराध महाशाखाले उनलाई ‘खुंखार’ लुटेरा भनेको छ ।

 

झण्डै १० वर्ष नै उनी डाँका मुद्दामा पक्राउ परेका थिए । अहिलेसम्म ६ पटक पक्राउ परेका उनी धरौटीमा छुट्ने वा केही समय जेल बस्ने गरेका थिए ।

पछिल्लो पटक बानेश्वरको हृवाइट हाउस अगाडि सरस्वती आचार्यको झण्डै १९ लाख चोरेको आरोपमा ७ असार २०७२ मा चोरी तथा डाँका मुद्दामा उनी पक्राउ परेका थिए । तर, २६ लाख धरौटीमा छुटे लगत्तै फेरि चोरीमा सक्रिय भएको पाइएको एसएसपी खनालले बताए ।

प्रहरीका अनुसार पछिल्लो पटक उनी १४ वटा चोरीका घटनामा संलग्न देखिएको छ । जसमा धेरै बैंक तथा मनी ट्रान्सफरबाट रकम निकालेहरुको रकम छ भने केही मोटरसाइकल तथा गाडी चोरीका घटना पनि छन् ।

उनले मोटरसाइकलको प्रयोग गरेर विभिन्न बैंक तथा मनी ट्रान्सफरबाट रकम निकालेका मानिसलाई पिछा गर्ने र एकान्त स्थान पारी रकम लुटेर भाग्ने गरेका थिए । अपराध महाशाखा प्रमुख खनालले भने, ‘यसको ठूलो ग्याङ पनि देखिएको छैन, एकजना सहयोगी लिने र चोरी गर्ने गरेको पाइएको छ ।’

उनले कात्तिक ८ गते बनेपामा कन्ट्री डेभलपमेन्ट बैंकमा जम्मा गर्न लान लागेको ३७ लाख रुपैयाँ चोर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसको १० दिनपछि भक्तपुरको राधेराधे मन्दिर नजिक मायादेवी उप्रेतीको ९३ हजार पनि उनैले लुटे ।

मंसिर ५ गते कटुन्जेको एक मनी ट्रान्सफरबाट ३ हजार ६६९ रकम लिकालेर जाँदै गरेकी सुस्मिता सुवेदीको रकम लुटपाट घटनामा पनि टिका थापाकै संलग्नता देखिएको छ ।

प्रहरीका अनुसार मंसिर १९ गते पवित्र नगरमा यमकला भण्डारीले सहकारीबाट निकालेको ३ लाख ६० हजार लुटपाटमा पनि उनको संलग्नता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment