Comments Add Comment

उपत्यकामा अब ड्रोनबाट ट्राफिक जामको निगरानी

nmb-bank-donate-drone-to-ne

२९ पुस, काठमाडौं । सडक विस्तार भएपनि काठमाडौंमा सवारी जाम ज्युँका त्युँ छ । अझ विहान र बेलुकी खासगरी कार्यालय जाने र छुट्ने समयको जामको त कुरै नगरौं ।

त्यही जाम कम गर्न र ट्राफिक व्यवस्थापन गर्न अब ड्रोनको प्रयोग गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखालाई शुक्रबार एनएमबी बैंकले एउटा ड्रोन हस्तान्तरण गरेको छ ।

महाशाखाका डीएसपी सविन प्रधानका अनुसार यो डिजिआई कम्पनीको पेन्टिएम फोर मोडलको ड्रोन हो ।

प्रहरीले ड्रोन चलाउन चार जनालाई तालिम दिएको छ । उनीहरु मध्ये एक जनाले ट्राफिक महाशाखामा बसेर उपत्यकाको सवारी जामको निगरानी गर्नेछन् ।

डिएसपी प्रधानले भने, ‘पिक आवरमा उपत्यकामा सवारी जाम भइरहेका स्थानमा हामी ड्रोनले खिच्छौं र यसको विश्लेषणबाट ट्राफिक व्यवस्थापनमा सजिलो हुने हाम्रो विश्वास छ ।’

विषेश गरी कार्यालय समयमा बढी चाप हुने स्थानहरुमा ड्रोनको प्रयोग हुनेछ । साथै विशिष्ट व्यक्तिको सवारी, विभिन्न मेला, महोत्सव र सभाहरुमा पनि प्रयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment