Comments Add Comment

निखिलको ‘किङ्ग’को व्यापार शनिबार सुखद, बिहिबार रिलिजको निर्णय भयो गलत

king-business
‘एक्सन किङ्ग’को उपनाम पाएका नायक निखिल उप्रेती अभिनित चलचित्र ‘किङ्ग’ले शनिबार काठमाण्डौका सिंगल थिएटरमा राम्रो कमाई गर्‍यो । शनिबारको व्यापारले निर्माता जयन श्रेष्ठलाई राहत दिएको छ ।

शनिबार चलचित्रको अकुपेन्सी ७५ प्रतिशत रहेको निर्माणपक्षले जानकारी दिएको छ । काठमाण्डौका गोपि, अष्टनारायण लगायतका हलमा दर्शकको भीड राम्रो देखिएको थियो । निखिलकै फ्यानहरु शनिबार हलमा पुगेका थिए । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार शनिबार राम्रो देखिएको छ ।

दर्शकसँगै बसेर चलचित्र हेर्न नायक निखिल उप्रेती, अनुपविक्रम शाही, नायिका वेनिशा हमाल हल-हलमा पुगेका थिए । उनीहरुले सिट नपाएर भूँइमा बसेर चलचित्र हेरे । चलचित्र हेरेपछि दर्शकले निखिललाई उचालेका थिए । बिहिबार र शुक्रबार चलचित्रले १५ लाखको कारोबार गरेको वितरक गोपाल कायस्थको भनाई छ । निखिलको एक्सन क्रेजका कारण दर्शक हलसम्म पुगेको देखिन्छ ।

तर, बिहिबार नै चलचित्र रिलिज गर्ने निर्णयले गर्दा चलचित्रलाई केहि घाटा लागेको छ । सिंगल थिएटरका दर्शक नयाँ चलचित्र शुक्रबार मात्र रिलिज हुन्छ भन्ने कुरामा सचेत छन् । बिहिबार चलचित्र रिलिज हँूदा धेरै दर्शकले शनिबार नै ‘किङ्ग’लाई पुरानो चलचित्र भनेका थिए । बिहिबार कुनै सार्वजनिक बिदा पनि थिएन । जसले गर्दा, निर्माता र वितरकको यो निर्णय गलत देखिएको छ । निर्माता जयन श्रेष्ठ पनि दर्शकको मायाले आफू खुशी भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment