Comments Add Comment

सिंहदरवारको मुख्य भवन नभत्काइने, २५ करोड खर्चेर ‘रेट्रोफिटिङ’ गर्ने निर्णय

आगलागीमा बचेको भागको रिर्पोट आउनै बाँकी

Sinhadurbar 810
३ माघ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त सिंहदरवारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएको छ । र, अब यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ ।

डेढ वर्षसम्म चलेको विवाद टुंग्याएर सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय भएको हो । २०३९ सालमा आगलागीपछि बनाइएको भवनलाई सचिवालयले रेटोफिट गर्न लागेको हो । तर, आगलागीमा बचेाके भाग भने कसरी पुनर्निर्माण गर्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

स्रोतका अनुसार परामर्शदाता कम्पनीले सिंहदरबारको पुरानो भाग भत्काउनैपर्ने सुझावसहितको रिर्पोट बुझाउन लागेको छ ।

सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई रेट्रोफिटिङमार्फत प्रवलीकरण गर्न भन्दै टेण्डर निकाल्ने अन्तिम तयारी गरेको छ । यसका लागि झण्डै २५ करोड बढी खर्च हुने अनुमान छ ।

सचिवालयले मूल भवनलाई भत्काएर नयाँ बनाउने प्रस्ताव गरेको थियो, तर पुरातत्व विभागले असहमति जनाएपछि समिति पुरानो निर्णयबाट पछि हटेको छ । अब यसैसाता रेट्रोफिटिङका लागि टेण्डर आह्वान हुने सिंहदरबार पुनर्निर्माण समितिका इञ्जिनियर सरोज कायस्थले अनलाइनखबरलाई जानकारी दिए ।

०३९ सालमा भएको आगलागीपछि पुनर्निर्माण गरिएको सिंहदरबार ०७२ वैशाख १२ को भूकम्पले हल्लाएपछि निकै जोखियुक्त अवस्थामा छ ।

प्रधानमन्त्रीको कार्यालय, योजना आयोग, रक्षा मन्त्रालय लगायत उच्च निकाय भवनबाट सरेपनि आपूर्ति मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र कर्णाली आयोगका कार्यालय यही भवनभित्रै सरेर आएका छन् ।

पुरातत्व विभागले शहरी विकास मन्त्रालयलाई चिठी लेखेर सम्पूर्ण पश्चिमी भाग इञ्जिनियरबाट अध्ययन गराएर रेट्रोफिटिङ गर्न मिल्ने कि नमिल्ने हेरेर मात्रै निर्णय गर्न शहरी विकास मन्त्रालयलाई पत्र पठाएको थियो । पुरातत्व विभागले सकेसम्म रेट्रोफिटिङ गरेर पुरातात्विक सम्पदा जोगाउने नीति लिएको छ ।

०७२ को भूकम्पले सिंहदरवारको सो भागको पश्चिमी मोहडामा धेरै क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment