Comments Add Comment

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्झौता पुनरावलोकन गर’

bikas-samiti-meeting-photo-rss

६ माघ, काठमाडौं । संसदको विकास समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे एलएमडब्लूसँग भएको सम्झौता पुनरावलोकन गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । र, निजगढ र पोखरा विमानस्थलको निर्माण छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय गौरवको आयोजना भनिए पनि निगजढ अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर बन्न नसकेको तथा एलएमडब्लूसँगको काम कारबाहीमा अपष्टता रहेको भन्दै समितिले सम्झौता पुनरावलोकन गर्न निर्देशन दिएको छ । साथै निर्माण मोडल प्रष्ट पार्न र निर्माणका क्रममा आउन सक्ने चुनौतीहरु आंकलन गरेर कम समस्या आउने गरी काम गर्न भनेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रगति भने सन्तोषजनक रहेको समितिले बताएको छ । र, यसलाई अझ तीव्रता दिन भने र विद्युतको डेडिकेटेड फिडर लाइन अभावका कारण काममा अवरोध आएको भन्दै यसलाई सम्बोधन गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

विकास समितिले अस्तित्वमा रहेका ५६ वटै डोमेस्टिक एयरपोर्ट सञ्चालनमा ल्याउन भनेको छ । साथै कति डोमेस्टिक र अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ निरक्यौल गर्न र सबै विमानस्थलमा ब्याकटपको व्यवस्था गर्न भनेको छ ।

साथै चितवनको मेघौली र भरतपुर मध्ये कुन एयरपोर्ट सञ्चालन गर्ने टुंगो लगाउन विकास समितिले सरकारलाई भनेको छ । हाल चितवन सदरमुकाम भरतपुर विमानस्थल नियमित सञ्चालनमा रहे पनि मेघौली विमानस्थल सञ्चालनमा आएको छैन ।

तस्वीर: रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment