Comments Add Comment

स्थानीय तह पुनर्संरचना प्रतिवेदन पुनरावलोकन गर्न देउवाको माग

ser-bahadur-dauba

६ माघ, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न माग गरेका छन् ।

कांग्रेस क्षेत्र नं. ५ चितवनले जगतपुरमा आयोजना गरेको आमसभामा सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाले आयोगको प्रतिवेदनमा विमति जनाएको भन्दै पुनरावलोकनका लागि कांग्रेसले संस्थागत निर्णय गर्ने बताए । स्थानीय तह जनताको सहजताका लागि भएको भन्दै उनले भने, उल्टो दुःख भयो भने त्यो जनतालाई मान्य हुँदैन ।’

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षरसहितको सहमतिलाई टेकेर नै संविधान संशोधन प्रस्ताव आएको भन्दै उनले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको बताए । कांग्रेस सभापति देउवाले भने, झुटो कुरामा लागेर आन्दोलन गर्नुभन्दा संविधान संशोधन प्रस्ताव पास गराउन एमाले लाग्नुपर्छ । त्यसले नै देशमा स्थायी शान्ति हुन्छ ।’

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक विषयलाई आन्तरिक राजनीतिसँग जोडेर अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश प्रवाह भइरहेको बताए । कांग्रेस नेता समेत रहेका उनले भने, ‘परराष्ट्र सम्बन्ध आन्तरिक राजनीतिक मिसाएर देशलाई कमजोर बनाउने काम भएको छ ।’

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान कार्यान्वयन गर्न कांग्रेस कहिल्यै पछि नहट्ने बताइका छन् । केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले मधेसका नागरिकप्रति एमालेको दृष्टिको नकारात्मक रहेको भन्दै मधेसमा चुनाव लडेर देखाउन एमालेका वरिष्ठ नेतालाई चुनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment