Comments Add Comment

निर्वाचन मिति छिटो घोषणा गर्न सांसदहरुको माग

Parliament-Building of Nepal

७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्न सांसदहरुले माग गरेका छन् । शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले तिनै तहको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह वा निकाय जुनसुकै संरचनामा भए पनि निर्वाचन गराउन माग गरे । संविधान संशोधन प्रस्तावसँगै निर्वाचनको वातावरणमा मुलुकलाई केन्दि्रत गराउनुपर्नेमा जोड दिँदै पौडेलले भने, ‘स्थानीय निर्वाचन नगरी सुरुमा केन्द्रीय निर्वाचन गर्ने कुरा हुन सक्दैन । स्थानीय, प्रदेशको निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्नुपर्छ ।’

नेकपा एमालेका भीम रावलले चाँडो निर्वाचनको मिति तोक्न माग गरे । सरकारले मन्त्री पद र संविधान संशोधनलाई साटासाट गरेको आरोप लगाउँदै उनले निर्वाचन घोषणा नहुनु र ‘राष्ट्रियताका प्रतिकूल गतिविधि’ हुनाका कारणबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङ, राष्ट्रिय जनमोर्चाका मीना पुनलगायतले स्थानीय निकाय नहुँदा जनता समस्यामा परेकाले छिटोभन्दा छिटो निर्वाचन हुनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment