Comments Add Comment

ऋतिकले गरे तेरियालाई बलिउड फिल्मको अफर

teriya-win
शनिबार साँझ भारतको कर्लस टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’को फाइनल सम्पन्न भयो । सो फाइलनबाट नेपालकी चेली तेरिया मगरले ३० लाख नगदसहित उपाधी जितिन् । तेरियाले उपाधी जितेको खबर अनलाइनखबरले शुक्रबार बेलुकी नै प्रकाशन गरेको थियो । तर, शनिबार राती मात्र यसको अफिसियिल घोषणा भयो । नायक सलमान खानले विजेता घोषणा गरेका थिए ।

फाइनलमा १४ बर्षकी तेरियाले सलमान यूसूफ खान र शांतनु माहेश्वरीलाई उछिन्दै उपाधी जितेकी हुन् । उनले यस अगाडि पनि ‘डान्स इन्डिया डान्स’को उपाधी जितिसकेकी थिइन् । फाइनलमा नायक ऋतिक रोशन पनि पुगेका थिए ।

उपाधी जितेपछि तेरियाले आफूलाई बलिउडमा प्रवेश गर्ने चाहना भएको बताइन् । उनले नायिका सोनाक्षी सिन्हासँग काम गर्ने चाहना राखिन् । फाइनलमा पुगेका नायक ऋतिक रोशनले तेरियालाई आफूसँग चलचित्रमा काम गर्ने अफर दिएका छन् । अब, ऋतिकको यो अफरले काम गर्छ या गर्दैन, त्यो भोलीको दिनमा थाहा हुनेछ ।

तेरियाले फाइनल जितेपछि मिडियासँग भनिन्-‘मलाई थाहा छैन कि, यो शो जितेपछि म के गर्नेछु । तर, मलाई बलिउडमा प्रवेश गर्न मन छ । बलिउडलाई टीभीमै हेरेर म ठूली भएकी हुँु । मलाई मौका मिल्यो भने म बलिउडमा प्रवेश गर्न चाहन्छु ।’

यो शोको विचबाटै तेरिया आउट पनि भएकी थिइन् । तर, उनलाई वाइल्ड कार्ड इन्ट्रीको माध्यमबाट फेरि अवसर मिलेको थियो । उनै, तेरियाले विश्वमाझ रहेका नेपालीको अनुहारमा खुशी छर्दै, चर्चित रियालिटी शो जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment