Comments Add Comment

विकिनी लगाउन डराउने बोल्ड एन्जल

angel-shrestha-5
करिब ३ दर्जन भिडियोमा अभिनय गरेकी छिन्, मोडल एन्जल श्रेष्ठले । ३ बर्ष अगाडिबाट यो क्षेत्रमा प्रवेश गरेकी उनी अब आफ्नो करिअरलाई फरक ढंगले अगाडि बढाउन चाहन्छिन् । ३ दर्जन बढी भिडियोमा मोडलिङ गरिसकेपछि उनी अब चलचित्रतर्फ पाइला राख्न चाहन्छिन् ।

एन्जलसँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः


स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण एन्जल चाडै नै यो क्षेत्रमा जम्ने सोच राख्छिन् । आफूमा अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास भएको उनको भनाई छ ।
angel-shrestha-1 angel-shrestha-2 angel-shrestha-3 angel-shrestha-8 angel-shrestha-10 angel-shrestha-11
उनले चलचित्र ‘रोमियो एन्ड मुना’का लागि अडिशन पनि दिइसकेकी छिन् । चलचित्रमा विकिनी लगाउनुपर्ने अफर आएपछि एन्जल अरु नै भूमिका खोजिरहेकी छिन् । तपाई किन विकिनी लगाउन चाहनुहुन्न भन्ने प्रश्नमा उनले भनिन्-‘पहिलो चलचित्रमा नै विकिनी लगाउँदा मेरो इमेज राम्रो बन्दैन कि भन्ने लाग्छ । घरका परिवारसँग चलचित्र हेर्न जाँदा विकिनीको दृश्यको बारेमा उहाँहरुले के सोच्नु होला ?’ एन्जललाई एक्सन चलचित्रमा काम गर्न मन लाग्छ ।angel-shrestha-13 angel-shrestha-15 angel-shrestha-17 angel-shrestha-18

उनी नायक अनमोल केसीसँग अभिनय गर्ने चाहना राख्छिन् । अनमोलको मुस्कानले आफूलाई भुतुक्कै बनाउने उनले सुनाइन् । चलचित्र क्षेत्रमा नराम्रा र राम्रा दुबै मानिस भएको भन्दै उनले नराम्रो मानिसहरुको व्यवहार आफूले भोगेको बताइन् । उनले भनिन्-‘चलचित्रमा काम मात्र गराउन चाहनेले त कामकै कुरा गर्छ नि । अरु अरु कुरा गर्नेको नियत के हो वुझिहालिन्छ नि ।’

तस्बिर/भिडियोः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment