Comments Add Comment

शाहरुखको छोरासँग मस्ती गर्ने दिन गए !

shahrukh-sonभारतीय अभिनेता शाहरुख खान जहाँ जाँदा पनि आफ्नो सानो छोरा अबरामलाई सँगै लैजान्छन् । आफ्नो छोरासँग उनी खुबै मस्ति गर्छन् ।

तर बाबुछोराको यो मस्ति अब कम हुने भएको छ । किनकी शाहरुखका तीन वर्षिय छोरा चाँडै नै स्कुल भर्ना हुदैछ्न् । उनी बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म स्कुलमा हुनेछन् ।

शाहरुखले आफ्नो छोरालाई धिरुभाई अम्बानी इन्टरनेसनल स्कुलमा भर्ना गर्न लागेका हुन् । भर्नाको प्रक्रिया बुझ्नलाई गत सेप्टेम्बरमा उनी श्रीमती गौरीलाई लिएर सो स्कुलमा पुगेका थिए । उनीहरुले भर्नाका लागि फाराम भरिसकेका छन् । छोरो स्कुल जान थालेपछि शाहरुखले उनलाई लिएर जहाँसुकै जान पाउने छैन ।

शाहरुख आफ्नो छोरासँग निकै रमाउछन् । उनलाई आफ्नो छोरासँगै देख्दा फ्यानहरु पनि रमाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment