Comments Add Comment

१४ सय मुनि आयो बजार, मारवाडी कनेक्सनदेखि व्याज दर प्रभाव

Nepse
१२ माघ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से साढे ९ महिना यताकै न्युन विन्दुमा आइपुगेको छ । २०७२ चैत ३० मा १३८८ बिन्दुमा रहेको नेप्से परिसूचक त्यसयता पहिलो पटक १३ सय ९८ को बिन्दुमा आइपुगेको छ । नेप्से दुई दिनमा ६० अंकले घटेर यो तहमा झरेको हो ।
बजारमा थप कर्जा योग्य लगानी अभाव भएपछि बैंकहरुले निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दर प्रस्ताव गरेपछि नेप्सेमा प्रभाव परेको हो । निक्षेपको व्याज दरको सोझो प्रभाव नेप्सेमा रहँदै आएको छ । व्याज बजार ओरालो लाग्दा नेप्से बढ्ने र व्याज बजार उकालो लाग्ने नेप्से घट्ने गरेको पाइन्छ ।

त्यस्तै, बैंकहरुले थप कर्जा लगानी गर्न समस्या भइरहेकोले पनि बजारमा असर देखिएको हो । नेपाली सेयर बजारमा कर्जा लिएर लगानी गर्नेहरुको पनि जमात ठुलो रहेको छ ।

स्रोतहरु नेप्से घट्नुमा बजार मारवाडी समुदायको संलग्नतालाई पनि लिन थालेका छन् । नेपाल धितोपत्र बोर्डले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार सेयर बजारमा १ हजार इन्भेष्टमेन्ट कम्पनीहरुले लगानी गरिरहेका छन् । ३ सय संस्थाको मात्र उदेश्यमा सेयर लगानी उल्लेख गरिएको धितोपत्र बोर्डले बताएको छ । यस्ता कम्पनीहरुको लगानी क्षमता सामुहिक लगानी कोषहरुकोभन्दा धेरै रहने गरेको यसअघि पनि समाचारहरुमा आएका छन् । धितोपत्र बोर्ड स्रोतका अनुसार यी कम्पनीहरुमा मारवाडी समुदायको बाहुल्यता रहेको छ । यी समुदायमा भारतीय नोटबन्दीको प्रभाव परेको कारण पनि केही महिनादेखि बजार अप्रत्यासित रुपमा घट्न पुगेको आँकलन बोर्ड स्रोतको छ ।

नयाँ कम्पनीहरुको सेयर जारी भइरहेको पुरानाको हकप्रद, नयाँ सेयर (एफपीओ) आइरहेकोले बजारमा केही लगानीकर्ताको लगानी क्षमतामा ह्रास आएको छ भने अर्को तर्फ बजारमा आपुर्ती बढिरहेको छ । यसको प्रभाव पनि बजारमा देखिएको हो ।

बजार घट्दा कारोबार रकम भने केही बढेको छ । यस दिन ५९ करोड रुपैयाँको कारोबार भएको छ । यद्यपी प्रभु बैंकको मात्रै संस्थापक सेयर किनबेचबाट १७ करोड ११ लाख रुपैयाँको कारोबार भएकोले पनि रकममा वृद्धि देखिएको हो । यस दिन उत्पादनमुलक बाहेक सबै समूहको परिसूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment