Comments Add Comment

छोरा जन्मिएको एक महिनामा यसरी तौल घटाइन् करिनाले

karinaबलिउडमा कुनै बेला ‘जिरो फिगर’को पर्याय थिइन्, करिना कपुर । सैफ अली खानसँग जोडी बाँध्दासमेत उनले आफ्नो फिगर ‘मेन्टेन’ गरेकी थिइन् । तर जब गर्भमा बच्चा हुर्कन थाल्यो, ‘जिरो फिगर’ कायम रहेन । रहने कुरा पनि भएन ।

करिनाको शरीर मोटायो । पेट फुलियो । यस्तै आवरणमा उनी सार्वजनिक रुपमा देखा परिन् । तर, छोरालाई जन्म दिएकी एक महिनापछि उनी बेग्लै रुपमा पर्दापण भइन् ।

गत मगंबार मध्यान्ह एक सैलुनमा देखा परेकी करिनाले आफ्नो मोटो शरीरलाई पुरै घटाएको पाइयो । कालो पाइन्ट र टप्सकाका साथ ज्याकेटमा देखा परेकी उनले छोरालाई जन्म दिएपछि पुनः फिगर मेन्टेन गर्न थालेको छनक मिल्थ्यो ।

गत डिसेम्बरमा उनले छोरोलाई जन्म दिएकी थिइन् । छोरा जन्मनसाथ सैफ र करिनाले न्वरान गरेका थिए, ‘तैमुर अली खान ।’ यो नाम सोसल मिडियामा निकै बिबादित समेत बन्यो । अन्ततः सैफले त्यसमा सफाई दिनु परेको थियो । तैमुर एक फारसी शब्द भएको र त्यसको अर्थ ‘आइरन’ लाग्ने सैफले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment