Comments Add Comment

एचएच बजाजको नयाँ शोरुम महेन्द्रनगरमा


१५ माघ, काठमाडौं । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ शोरुम केएम इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुर भासी-२ मा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ ।

‘नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘हामी हाम्रा ग्राहकहरु निरन्तर बढिरहेकोमा निकै खुशी छौं । त्यसको लागि हाम्रा ग्राहकहरुलाई सही रुपमा संतुष्टिका साथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो ‘
उनले भने ।

‘हाम्रो महेन्द्रनगरको कन्चनपुर भासी-२ मा रहेको नयाँ शोरुमको माध्यमबाट हाम्रो ग्राहकहरुका लागि एक कदम थप सहजता हुनुका साथै बजाज मोटरसाइकलहरुको अनुभव लिने अवसर हुने हामीले अपेक्षा गरेका छौं । हामी देशैभरी रहेका हाम्रा ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ उनले थपे ।

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment