Comments Add Comment

नयाँ स्कोडा र्‍यापिड नेपालमा, के छन् यसका विशेषता ?


१८ माघ, काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा र्‍यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ । मंगलबार साँझ काठमाडौंमा एक भब्य समारोहकाम बीच र्‍यापीडको नयाँ स्वरुपलाई सार्वजनिक गरिएको छ ।

नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको र्‍यापिडको पफर्मेन्स अझ पनि परिस्कृत रहेको कम्पनीको दावी छ । यसको न्युनतम् मूल्य ३४ लाख ९५ हजार रूपैयाँ तोकिएको छ ।

नेपालमा स्कोडा र्‍यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध हुनेछ । ६ वटा  कलर (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड) मा उपलब्ध हुने नयाँ स्कोडा र्‍यापिड तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरिका स्कोडाका आधिकारिक शो-रुमहरुमा उपलब्ध हुनेछ ।

डिजाइनमा अब्बल


नयाँ स्कोडा र्‍यापिडमा ब्रान्डको सिग्नेचर डिजाइन ल्याङवेजसँग मिल्ने आधुनिक क्रिस्टलाइन डिजाइन छ । यसमा शार्प एंगल र कर्भहरु प्रयोग गरिएका छन् जसले यसलाई निकै आकर्षक सेडान बनाएको छ । नयाँ कारको डिजाइन स्कोडाको देश चेक सम्पदाबाट प्रभावित छ ।

नयाँ स्कोडा र्‍यापिडको बाह्य डिजाइन आधुनिक र भावनात्मक रुपमा आकर्षक पनि छ । कारमा उत्कृष्ट क्रिस्टलाइन डिजाइन भएको बम्पर र फेन्डरमा पनि देख्न सकिन्छ । नयाँ स्कोडा ‘सिग्नेचर गि्रल र क्वार्ज-कट ह्यालोजिन प्रोजेक्टर हेडलाइट’ले कारलाई उत्कृष्ट बनाएको छ ।


यसमा सुरक्षाको दृष्टिले अनिवार्य ‘डे रनिंग लिड लाइट’ पनि जडान गरिएको छ । त्यसैगरी, नयाँ कारमा ‘सी’ आकारको टेललाइट लगाइएको छ जसले यसको स्वरुपलाई आकर्षक बनाएको छ । डोर ह्यान्डलमा लगाइएको ‘डेक लिड’ र क्रोमले कारलाई पि्रमियम लुक्स दिएको छ ।

‘ड्युअल-टोन इबोनी-स्यान्ड कन्ट्रास्ट’ले नयाँ स्कोडा र्‍यापिडको भित्री डिजाइन पनि उत्तिकै आकर्षक बनाएको छ । यसका सिटहरु प्रिमियम लेदरका छन् र श्रृंगारमा प्रयोग गरिएको क्रोमले यसलाई पर्फेक्ट लक्जरी कार बनाएको छ ।

सुविधा भरपुर

नयाँ स्कोडा र्‍यापिडको आकर्षक डिजाइन, ‘एडजस्टेबल मल्टिफंक्सन स्टेरिङ’, ‘इलेक्टि्रकल्ली फोल्डेबल’ र ‘साइड टर्न इन्डिकेटर’सहितको ‘एड्जस्टेबल मिरर’ले यात्रालाई निकै आरामदायी बनाउँछ ।


नयाँ कारमा ‘ड्राइभ’-६.५ इन्चको कलर टचस्त्रिmन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । साथै, कारमा रहेको मिररलिंक प्रविधिले गर्दा तपाईंको स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउन सकिनेछ । युएसबी वा अक्स-इन वा ब्लुटुथ वा एसडी कार्डमार्फत पनि तपाईं कारसँग स्मार्टफोन कनेक्ट गर्न सक्नु हुनेछ ।

र्‍यापिडमा ‘एड्जस्टेबल ड्युअल रियर एसी भेन्ट’ सहितको चामत्कारिक क्लाइमेट्रोनिक प्रविधि छ जसले गर्दा तपाईंले कारमा अद्धितीय आनन्द पाउनुहुनेछ । साथै यसमा ‘रेन सेन्सिङ वाइपर सिस्टम’ छ ।

यसले वषर्ा र यसको बेगलाई सेन्स गरी वाइपरको गतिलाई थपघट गराउँछ । ‘इन-बिल्ट क्रुज कन्ट्रोल’, ‘एडजस्टेबल हेडरेस्ट’, ‘फोल्डेबल आर्मरेस्ट’, ‘ग्लोब बक्स’ र पर्याप्त लेग रुमले नयाँ स्कोडा र्‍यापिड ‘क्लास-लिडर’ बनाएको छ ।

सुरक्षाका दृष्टीले उत्कृष्ट


सुरक्षा स्कोडाको प्राथमिकता हो, विकल्प होइन । त्यसैले, नयाँ स्कोडा र्‍यापिडमा ‘ड्युअल एयरब्याग’ र ‘एन्टी लकिङ ब्रेक सिस्टम’ (एबीएस) जस्ता सुरक्षा सुविधा छन् ।

‘क्वार्ज-कट हेडलाइट’, ‘लिड डे रनिङ लाइट’, ‘इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल’ र ‘हिल होल्ड कन्ट्रोल’ जस्ता प्रविधि पनि सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण छन् ।

‘पार्कटोनिक रियर पार्किङ सेन्सर’, ‘अटोमेटिकल्ली डिमिङ रियर भ्यु मिर’ र कारको झ्यालमा प्रयोग गरिएको ‘वान टच एन्टि पिन्च’ प्रविधि नयाँ स्कोडा कारका सुरक्षा विशेषताहरु हुन् । नयाँ स्कोडा र्‍यापिडमा ‘अटो फ्युल कट अफ’ (फायर पि्रभेन्सन सिस्टम) पनि जडान गरिएको छ ।

बेजोड क्षमता र पर्फमेन्स

नयाँ स्कोडा र्‍यापिड १५ सय सीसी टीडीआई डिजेल इन्जिन र १६ सय सीसी एमपीआई पेट्रोल इन्जिनमा उपलब्ध छन् ।
१५ सय सीसीको टीडीआईले ११० पीएस (८१ किलोवाट)को पावर र २५० एनएमको टर्क उत्पन्न गर्छ भने यसको माइलेज २१ किलोमिटर प्रति लिटर रहेको छ ।

त्यसैगरी, एमपीआई इन्जिनले १०५ पीएस (७७ किलोवाट) पावर र १५३ एनएम टर्क उत्पन्न गर्छ । यो कारको माइलेज १५ किलोमिटर प्रति लिटर रहेको छ ।

नयाँ र्‍यापिडमा ४६० लिटरको बुट रहेको छ । साथै, डोरमा बोत्तल होल्डर, सेन्टर आर्मरेस्टमा स्टोरेज कम्पार्टमेन्ट र कप होल्डरहरु रहेका छन् ।

स्कोडा अटोका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सन् २००८ देखि नेपालमा यो ब्रान्डको कारहरु बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment