Comments Add Comment

सर्दा सर्दै जेठ ५ मा पुग्यो सुशिल र बर्षाको ‘कारखाना’


नेपालमा धेरै यस्ता चलचित्र छन्, जसको प्रदर्शन तोकिएकै मितिमा हुन्छ भन्ने छैन । माघे संक्रान्तीमा रिलिज हुने भन्दै प्रचार गरिएको चलचित्र ‘कारखाना’ पनि सो मितिमा रिलिज हुन सकेन । अब, यो चलचित्र आउँदो बर्षको जेठ ५ गते रिलिज हुने भएको छ ।

चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीलाई पोष्टरमा अटाउँदै यसको फस्टलुक र नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो । सुदिप खड्का र अमर बज्रचार्य यो चलचित्रका निर्माता हुन् ।

चलचित्रमा समावेश ‘मायाले बोलेको’ बोलको गति चर्चामा छ । अमरदिप सापकोटाले चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment