Comments Add Comment

सलमानको सुल्तानलाई भेट्न सकेन शाहरुखको रइसले

शाहरुख खान अभिनित फिल्म रइसले सात दिनमा सय करोडको आँकडा पार गर्‍यो । तर सलमान खानको सुल्तानले कायम गरेको रेकर्डलाई यसले छुन सकेन ।

२५ जनवरीमा रिलिज भएको रइस सय करोड क्लवमा सामेल भएको शाहरुखको सातौं फिल्म हो । जबकि सलमान खानका १० वटा फिल्मले यो सफलता हासिल गरिसकेका छन् ।

स्मरणीय के छ भने सलमानको फिल्म बजरंगी भाइजानले तीन दिनभित्रै सय करोडको आँकडा छोएको थियो । यसैगरी सलमान अभिनित फिल्म सुल्तानले पनि तीन दिनमा सय करोड कमाएको थियो भने किकलाई पाँच दिन लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment