सोमबार, ६ कार्तिक, २०७४
OnlineKhabar.com

जुम्लाका एलडिओको चेतावनी: अटेर गर्ने एनजिओलाई ठेगान लगाउँछु 

२१ माघ, जुम्ला । स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन् ।

सामुदायिक विकास कार्यक्रम (सिडिपी)को सहयोगमा जिविसद्वारा आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी अभिमुखीकरणमा उनले यस्तो चेतावनी दिएका हुन् ।

जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेको र जिविससँग आवश्यक समन्वय नगर्दा विकासे गतिविधिमा समस्या आएको स्थानीय विकास अधिकारी बेल्बासेले बताए । “जिल्ला विकासका लागि सरकारी तथा गैरसरकारी कार्यालय एकद्वार प्रणालीबाट जानुपर्छ, तर यो अवस्था यहाँ देखिँदैन,” उनले भने, “यो वर्षदेखि जिविसमा एनजिओ डेस्क स्थापना गरिएको छ, जिल्लामा कार्यरत सबै गैससले आफ्नो बजेट तथा कार्यक्रम पेस गर्नुपर्दछ ।” यसबारे अभिमुखीकरण गरिँदा पनि विधि, पद्धति र प्रक्रियामा रहेर काम गर्न अटेर गर्ने गैससलाई ठेगान लगाउन प्रहरीको सहयोग लिन बाध्य हुने उनको भनाइ थियो ।

जिविसका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढाथापाले जिल्ला विकासको साझेदारका नाममा भित्रिएका गैरसरकारी संस्थाको बजेट र कार्यक्रम जिविसको किताबमा उल्लेख हुनैपर्नेमा जोड दिए ।

किताबमा उल्लेख नभएका गैससलाई काम गर्न नपाउने नीति निर्माण गरी आगामी फागुनमा हुने २४औँ जिल्ला परिषद्बाट पास गरिने उनको भनाइ थियो । साथै, जुम्लामा कार्यरत गैससहरुलाई आफ्नो प्रगति प्रतिवेदन जिविसलाई बुझाउन बरिष्ठ कार्यक्रम अधिकृत बुढाथापाले अनुरोध गरे ।

कार्यक्रमका अधिकांश सहभागीले गैससले मनोमानी तरिकाले कार्यक्रम सञ्चालन गर्ने र सरकारी कार्यालयका प्रमुख आफ्नै तरिकाले जिल्ला बाहिरिनुले विकासमा बाधा पुगेको बताएका थिए । यहाँका नागरिकलाई दोष लगाएर आफू शुद्ध हुने दुष्प्रयास नगर्न पार्टी प्रतिनिधिले विकास साझेदार तथा कार्यालयका प्रमुखलाई चुनौती दिएका थिए ।

२०७३ माघ २१ गते ८:४४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • madan लेख्नुहुन्छ    |   २०७३ माघ २१ गते १०:०४

    “जिल्ला विकासका लागि सरकारी तथा गैरसरकारी कार्यालय एकद्वार प्रणालीबाट जानुपर्छ,
    What is the meaning of YAKDAR. Ali Ali, LDO ko Goji ma Chire Yakdar Vhaihalchha ni … Condition yahi ho.

    Real ma garna Khojeko ho bhane.. LDO Sab le Afno Budget ko pani transference Garun, natra nabhuke Hunchha.

    5
    0
    Share

  • madan लेख्नुहुन्छ    |   २०७३ माघ २१ गते १०:०७

    जिविसका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढाथापाले जिल्ला विकासको साझेदारका नाममा भित्रिएका गैरसरकारी संस्थाको बजेट र कार्यक्रम जिविसको किताबमा उल्लेख हुनैपर्नेमा जोड दिए ।

    Kitab ma ta lekhiyakai chha hola sab ko Bhudima lekhnu parchha ki…

    5
    0
    Share

  • Gehendra लेख्नुहुन्छ    |   २०७३ माघ २१ गते २१:५७

    गैर सरकारी संस्था लाई ठाउँ मा लाउने कुरा गर्नु भन्दा पहिला सामाजिक कल्याण परिसद को अनुगमन को नाम मा सनिबार वा अफिस समय पछि स्टार होटेल मा बैठक राख्न लगाई नियम ले नमिल्ने भत्ता असुल्ने , तिनै संस्था को दाना पानि खाई ठुला गर्न कति सम्भब छ .

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this