Comments Add Comment

टीकाको फिल्ममा गौरव र मेनुकाको ‘टिम’


कलाकार टीका पहारीले चलचित्र निर्माण गर्ने भएका छन् । उनले चलचित्र क्षेत्रमा अभियन यात्रा थालेको लामो समय भयो । अब, उनी आफ्नो होम प्रोडक्सन साउटिङ्ग माउन्टेन्सबाट ‘टिम’ नामक चलचित्र निर्माणमा लागेका छन् ।

माघको अन्तिम सातादेखि यो चलचित्रको छायांकन सुरु हुनेछ । यो चलचित्रलाई उनका कान्छा छोरा सुलभ पहारीले निर्देशन गर्ने पक्का भएको छ । चलचित्रमा टिकाकै जेठा छोरा गौरव पहारीको साथमा मेनुका प्रधान, सुनिल पोखरेल, हरिहर शर्मा, युवराज लामा लगायतका कलाकारको मुख्य भूमिका हुनेछ ।

काठमाण्डौ र झापामा चलचित्रको छायांकन हुनेछ । महाविर घिरहियाले यो चलचित्रमा लगानी गर्नेछन् । प्रज्ञान थापाको लेखन रहेको यो चलचित्रलाई हरि र सतिसले खिच्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment