Comments Add Comment

तालाबन्दीपछि केयूको गेटमा नै पढाइ

२१ माघ, बनेपा । काठमाडौं विश्वविद्यालय (केयू)मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि  विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन् ।

स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका झन्डै सय विद्यार्थीले साङ्केतिक रुपमा विरोधस्वरुप एक घन्टा केयू गेटमा अध्ययन गरेका थिए । उनीहरुले ‘पढ्ने वातावरण बनाउँ’ भन्ने प्लेकार्ड समेत बोकेका थिए ।

लामो समयदेखि पठनपाठन सुरु नभएपछि साङ्केतिक रुपमा पढाइ निरन्तररुपमा सञ्चालन होस् भन्ने सन्देश दिन खोजेका हौँ बायोटेक्निकल चौँथो वर्षमा अध्ययनरत रुपक पराजुलीले बताए ।

केयुका रजिष्टार भोला थापाले स्थगित विद्यार्थी कल्याण परिषद्को निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा तालाबन्दी नखुलेको जानकारी दिए । तालाबन्दी अनेरास्ववियुको नेतृत्वमा भएको थियो ।

तालाबन्दी खोल्ने विषयमा भएका पटकपटकका वार्ता असफल भएका छन् । माघ ९ गतदेखि केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment