Comments Add Comment

‘हिट्स एफएफ’ अवार्डमा रामकृष्णको गीतले गर्‍यो ह्याट्रिक


नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले शनिबार काठमाण्डौमा आयोजना भएको ‘हिट्स एफएम म्यूजिक अवार्ड’मा ह्याट्रिक गरेका छन् । रामकृष्णको आवाजमा समावेश ‘म हुरीमा दियो जलेको देख्छु’ बोलको गीतले ह्याट्रिक गरेको हो ।

रामकृष्णको यो गीत बर्षकै उत्कृष्ट गीत बन्न सफल भयो । यस्तै, ‘लिरिक्स अफ द इयर र रेकर्ड अफ द इयर’को अवार्ड पनि यहि गीतले जितेको छ । गायक ढकालले एउटै गीतबाट ह्याट्रिक गरेपछि आफ्ना फ्यानसँग यो खुशी साटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment