Comments Add Comment

नेपाल एसबीआईको एफपीओमा पर्नेले पनि पाए ११ कित्तासम्म


२३ माघ, काठमाडौं। नेपाल एसबीआई बैंकको एफपीओको बाँडफाँटमा लगानीकर्ताले अधिकत्तम ११ कितसम्म सेयर हात पारेका छन् ।

सबै समूहमा गोलाप्रथाबाट वितरण गरिएको यो एफपीओमा ७ जनाले ११ कित्ता सेयर , एक जनाले १०.८७ कित्ता सेयर र बाँकी सबैले १० कित्ताको दरमा सेयर पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमखु कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए ।   गोलाप्रथामा नपर्नेको भने हात खाली भएको छ ।
अत्यधिक (७३ गुणा) आवेदन परेपछि सबै समूहमा गोलाप्रथा गरिएको हो । कुल आवेदक ५७ हजार नौ सय ५३ जनाले आवेदन थिए ।

एसबीआईले  प्रिमियम सहित प्रतिसेयर नौ सय ७१ रूपैयाँका दरले बिक्री गरेको हो ।  यसमा न्यूनतम १० कित्ता र अधिकतम ६ सय ७० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment