Comments Add Comment

मध्यरातमा ‘प्रेमिका’माथि एसिड प्रहार, उपचारको क्रममा युवतीको मृत्यु


२४ माघ, बुटवल । रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए ।

तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हाने ।

युवतीले सहयोग मागेपछि होटलका स्टाफहरुले सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरेका थिए । र, उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान छ ।

तुलसाको अनुहार, टाउको र शरिरमा एसिड लागेको थियो । र, लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । लुम्बिनी अञ्चल अस्पतालले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रिफर गर्‍यो तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं बर्निङ सेन्टरमा रिफर गरिएको थियो । उनलार्इ काठमाडौं लैजाने क्रममा मृत्यु भएको डिएसपी बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं-७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment